आज राति रोनाल्डो र मेस्सीको खेल, दुवैले विश्वकप गुमाउने खतरा



रोनाल्डी र मेस्सी
रोनाल्डी र मेस्सी

रसियामा हुने २०१८ को फिफा विश्वकप छनोटका खेलहरु अन्तिम चरणमा रहेका बेला केही विश्वका ठूला राष्ट्रहरु भने विश्वकप खेल्न नपाउने खतराबाट गुज्रिरहेका छन्।

सहभागिता जनाउने कुल ३२ राष्ट्रमध्ये ब्राजिल, स्पेन, इंग्ल्याण्ड, जर्मनी, जापान लगायत १७ देशहरु छनोट भइसक्दा विश्वकै उत्कृष्ट खेलाडीद्धय क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीको देश भने विश्वकपमा पुग्न संघर्षरत् छन्।

रोनाल्डोको पोर्चुगलले समूह बी को अन्तिम छनोट खेल बुधबार बिहान समूहको शीर्ष स्थानको स्वीजरल्याण्ड विरुद्ध खेल्नेछ। स्वीजरल्याण्डको २७ अंक छ भने दोस्रोमा रहेको पोर्चुगलको २४ अंक छ। पोर्चुगलले स्वीजरल्याण्ड विरुद्ध जित निकालेमा स्वतः विश्वकप छनोटमा पुग्नेछ भने बराबरी र पराजयको नतिजाले प्लेअफ खेल्नुपर्ने हुन्छ।

स्वीजरल्याण्डले अहिलेसम्म खेलेका ९ खेलमा शतप्रतिशत जित निकालेको छ भने पोर्चुगलले एकमा पराजय भोग्नुपरेको छ। खेलमा पराजित हुने टोलीले आगामी महिना हुने दुई लेगको प्लेअफ खेल्नुपर्ने हुन्छ। जसमा स्वीडेन, डेनमार्क, क्रोयोसिया र इटालीमध्ये एक प्रतिस्पर्धी हुनेछ।

मेस्सीको अर्जेन्टिना हाल दक्षिण अमेरिकी समूहको छैठो स्थानमा छ। विश्वकपमा छनोट हुन अर्जेन्टिनाले बुधबार बिहान नै इक्वेडरलाई अन्तिम खेलमा पराजित गर्नुपर्ने अवस्था छ। जितले अर्जेन्टिनालाई पाचौं स्थानमा पुर्याउदै प्लेअफ स्थान सुरक्षित गराउनेछ। प्लेअफमा पुगे उसले न्युजिल्याण्डको सामना गर्दै विश्वकप यात्रा तय गर्नुपर्ने हुन्छ।

दुईपटकको विश्वकप विजेता र गत विश्वकपको उपविजेता अर्जेन्टिनाले २००१ यता इक्वेडरलाई पराजित गर्न सकेको छैन्। यता दुवैबीचको खेल समुन्द्र सतह देखि २७ सय बयासी मिटर उचाइमा अवस्थित इक्वेडरको इस्टाडियो ओलिम्पिको रंगशालामा हुने भएकाले वातावरणसँग घुलमिल हुन अर्जेन्टिनी टोलीलाई चुनौती छ।

प्रकाशित २४ असोज २०७४, मंगलबार | 2017-10-10 14:53:50

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सी जिनफिङ र शेरबहादुर देउवा

    सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ...

  • मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

    एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल)...

  • चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

    चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

    पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना...

  • सी जिनपिङका सम्भावित उत्तराधिकारी हु चुनहुवा

    ‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

    यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति...