मेस्सीको खेल जीवनमा यस्ता पाँच घटना जहाँ उनी संकटमा देखिए


Infocus


बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी
बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

फिफा विश्वकप २०१८ मा लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको छनोट हुने सम्भावना निकै जटिल मोडमा छ। इक्वेडर विरुद्धको अन्तिम खेलको अर्जेन्टिना जित्नैपर्ने दबावमा छ। जितले उसलाई प्लेअफ हुदै विश्वकपमा पुर्याउन सक्छ। बराबरीको नतिजाले पनि मेस्सी अनि अर्जेन्टिनाको विश्वकप खेल्ने सपना चकनाचुर हुनसक्छ।

NIC ASIA

अघिल्लो खेलमा पेरुसँग बराबरीको नतिजाले मेस्सी लगायत टिमलाई निकै धक्का पुगेको छ। अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिइसकेपछि पनि पुनः सन्यास फिर्ता लिएका मेस्सीका लागि यसपटक टोलीलाई विश्वकप पुर्याउन निकै कठिन बनेको छ। विश्व फुटबलमा धेरै किर्तीमान रचेका तथा पाँचपटक विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित मेस्सीका फुटबल जीवनमा यस्तै विभिन्न कठिन क्षणहरु आएका थिए। जुन यस्ता छन्।

१) डेब्यु खेलमै रातो कार्ड

धेरैलाई लाग्न सक्छ विश्वकै सर्वोत्कृष्ट खेलाडीको अन्तराष्ट्रिय डेब्यु स्मरणयोग्य भयो होला। हो, मेस्सीको अन्तराष्ट्रिय डेब्यु पनि स्मरण योग्य नै थियो। तर, सकरात्मक थिएन्। सन् २००५ मा डेब्यु खेल खेल्न बैकल्पिक खेलाडीका रुपमा हंगेरी विरुद्ध मेस्सी ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

डेब्यु खेलमा राम्रो छाप छोड्ने मेस्सीको चाहना थियो। तर, दुर्भाग्य उनी दुई मिनेटपनि मैदानमा टिक्न पाएनन्। कारण थियो, मेस्सीले सिधै रातो कार्ड पाउनु। बल अगाडी बढाउने क्रममा विपक्षी खेलाडीको मुखमा हातले हानेपछि मेस्सीले सिधै रातोकार्ड पाएका थिए। १७ वर्षिय उमेरमा भएको अन्तराष्ट्रिय डेब्यु मै रातो कार्ड पाउनु मेस्सीका लागि दुर्भाग्य थियो।

२) उपाधि विहिन २०१३–१४ को सिजन

फुटबलका समर्थकहरु मेस्सी र उपाधिको नजिकको साइनो भएको बताउँछन्। उनका अवार्ड र उपाधिले पनि त्यसलाई पुष्टि गर्छ। पाँच चोटी बालोन डी’ ओरसँगै चार चोटी च्याम्पियन्स लिग तथा सात चोटी लालिगाको उपाधि मेस्सीको नाममा छ।
व्यवसायिक फुटबल खेल्न थालेदेखि प्रत्येक वर्ष मेस्सीले केही न केही उपाधि जित्दै आएका थिए। तर २०१३–१४ मा भने मेस्सी उपाधि विहीन रहे।

लालिगाको अन्तिम प्रतिस्पर्धामा एथ्लेटिको म्याड्रिडलाई उपाधि सुम्पिनु, २०१४ मै कोपा डे रेलको फाइनलमा रियल म्याड्रिडसँग पराजित हुनु मेस्सीका लागि कठिन रह्यो। यस सिजनमा उपाधिबाट खाली हात रहेका मेस्सीले बालोन डी’ ओरको उपाधि पनि क्रिस्टियानो रोनाल्डोलाई सुम्पिनु परेको थियो। रोनाल्डाले दुवै वर्ष उनलाई पछि पार्दै विश्वको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड थापेका थिए।

३) विश्वकप फाइनलमा पराजय

मेस्सीको खेलजीवनको सवैभन्दा कठिन क्षण मध्येको एक सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित हुनुपर्दाको हो। खेल जीवनकै सवैभन्दा ठूलो उपाधि उचाल्ने मौकामा मेस्सी चुकेका थिए।

जर्मनी विरुद्ध पाएका मौकाहरुको मेस्सीले सदूपयोग गर्न नसक्दा अर्जेन्टिना अन्तिम समयमा जर्मनीसँग १–० ले पराजित हुनुपर्यो।

प्रतियोगितामा उनलाई गोल्डन बलबाट पुरस्कृत गरिएको थियो। उक्त पुरस्कार ग्रहण गर्दा उनी लज्जित महसुस गरिरहेका थिए। प्रतियोगिताका उच्च गोलकर्तालाई दिइने उक्त अवार्ड तेस्रो संयुक्त उच्च गोलकर्ता मेस्सीलाई दिइएको थियो।

४) कर छलीको आरोपमा दोषी पाइनु

सन् २०१३ मै मेस्सीले कर छलेको आरोप लाग्दै आएको थियो। स्पेनिस अधिकारीहरुले उनी र उनका पितालाई ४.१ मिलियन युरो कर छलेको आरोप दर्ता गरेका थिए। जुन २००६ यता कै थियो।

दुई वर्ष लामो अदालती प्रक्रिया पछि २०१६ मा अदालतले मेस्सीले कर छलेको पुष्टि गर्यो। सजाय स्वरुप उनलाई२१ महिना जेल सजाय तोकिएको थियो। स्थानिय कानुन अनुसार सो बराबरको रकम तिर्दा जेल बस्नुपर्ने नभएकाले उनी मैदानमै देखिए।

त्यसवेला कर छलीको आरोपमा मेस्सीले लज्जित हुनुका साथै निकै आलोचना खेप्नुपरेको थियो।

५) कोपा अमेरिकाको फाइनलमा पराजय र सन्यास

सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित हुनु मेस्सीको खेल जीवनको सवैभन्दा ठूलो कठिन क्षण थियो। अर्जेन्टिनाका लागि उपाधि उचाल्न नसकेपछि विक्षिप्त भएका मेस्सीले त्यसवेला खेल जीवनबाट सन्यास घोषणा गरेका थिए। पछि प्रशिक्षक तथा सहकर्मीहरुको आग्रहमा उनले सन्यास फिर्ता लिए।

यसअघि २०१४ मा फिफा विश्वकप फाइनलमा जर्मनी विरुद्ध पराजित भएपछि अर्जेन्टिनामा मेस्सीको निकै आलोचना भएको थियो। लगत्तै अर्को महत्वपुर्ण उपाधि गुमाउँदा मेस्सी विरुद्धको आलोचनाको पारो चढेको थियो।

कोपा अमेरिकाको सुरुवात देखि नै अर्जेन्टिनाले निकै राम्रो सुरुवात गरेको थियो। समूह चरणमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको प्रतियोगिताको फाइनलमा चिलीसँगै पराजित हुदै अर्जेन्टिना उपाधिविहीन रह्यो। -एजेन्सीको सहयोगमा

 

प्रकाशित २४ असोज २०७४, मंगलबार | 2017-10-10 13:42:48
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।