काठमाण्डौको वायु प्रदूषणले लिन्छ वर्षेनि २२ हजार ज्यान



काठमाडौं उपत्यकामा अघिल्लो वर्षको तुलनामा ५ गुणा वायु प्रदूषण बढेको छ। उपत्यकामा बढ्दो प्रदूषणका कारण विभिन्न रोगका बिरामीहरू बढिरहेका छन्। वायु प्रदूषणले सिर्जित रोगले वर्षेनि २२ हजार बासिन्दाको मृत्यु हुने गरेको तथ्य खुलेको छ।

विश्व स्वास्थ्य सगंठनले गत वर्ष (सन् २०१६) मा गरेको वायु प्रदूषण सम्बन्धि एक अध्ययनमा उपत्यकामा अघिल्ला वर्षका तुलनामा ५ गुणाले वायु प्रदुषण बढेको देखाएको छ।

उपत्यकामा सडक विस्तार, खानेपानी तथा ढलको पाइप बिछ्याउने क्रम तथा बढ्दो सवारी चाप लगायतले धूलो, धुवाँ बढेर वायु प्रदूषण बढेको हो। यसतर्फ सम्बन्धित सरोकारवालाले समयमै ध्यान नपु¥याए यसले भविष्यमा ठूलो धनजनको क्षति पुर्‍याउनसक्ने विज्ञहरूले औंल्याएका छन्।

सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले पीएम् २.५ को मापदण्ड ४९ माइक्रोन प्रतिघनमिटर कायम गरेको छ । पीएम् २.५ भनेको सूक्ष्म कण हो। जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ। यस्ता धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन्।

यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्नसक्छ। फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने बिज्ञहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनले १०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदुषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक बर्ष करिव १० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यस्तै, विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको अध्ययनअनुसार वायु प्रदूषणकै कारण नेपालमा वर्सेनि २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ।

काठमाडौं उपत्यकामा नेपालमा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेम कार्की बताउँछन्। डा. कार्कीका अनुसार, प्रदूषणका कारण मुटु रोगबाहेक १४ प्रतिशत दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो।

काठमाडौमा वायु प्रदूषण बढ्नुमा बढ्दो सवारी चाप पनि प्रमुख समस्याको रूपमा रहेको वातावरणविद् डा. भुषण तुलाधर बताउँछन्। उनका अनुसार, काठमाडौंमा जनसंख्याको चाप चार प्रतिशतले वृद्धि भैरहेकोमा त्यसको अनुपातमा सवारीसाधनको वृद्धि ४० प्रतिशतले बढेको छ।

‘सरकारले उपत्यकाको ट्राफिक जाम बढ्यो भनेर सडक विस्तार गर्नतिर लागेको पाइन्छ, त्यसो गर्नु भनेको वायु प्रदूषणको क्षेत्रमा आगोमा घ्यू थप्नुसरह हो,’ तुलाधर भन्छन्, ‘सहरमा २० प्रतिशत सवारीसाधनले ५० प्रतिशत प्रदूषण गराउँछ, यदि २० प्रतिशत सवारीसाधन घटाउने मात्र हो भने पनि ५० प्रतिशत वायु प्रदूषण आफैं घट्नेछ।’ कारोबार दैनिकमा यो खबर छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 08:59:39

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...