शोभराज निहिताको हातमा किस गर्थे



ऊ आफूलाई ‘बिजिनेसम्यान’ ठान्थ्यो। आफूले ‘ड्रग्स ट्राफिकिङ बिजनेस’ गरेको स्वीकार गथ्र्यो। तर, हत्या गरेको अस्वीकार गथ्र्यो। उसको हाउभाउबाट भने महिलाप्रति उसको आसक्ति छ भन्ने देखिन्थ्यो। मलाई ऊ बिकिनी किलर नै हो भन्ने लाग्छ। तर, कुनै योजना बनाएर नभई उत्तेजनामा आएर मारेकोजस्तो लाग्छ।

मेरो विचारमा उसलाई हिस्टेरिया थियो। महिलालाई बिकिनीमा देखेपछि मारूँमारूँ लाग्ने मनोरोग थियो कि जस्तो लाग्छ। अश्लील पत्रिका खुवै पढ्थ्यो। खासगरी अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषाका अश्लील पत्रिका पढ्थ्यो। उसको कोठामा यस्ता पत्रिका धेरै हुन्थे। तर, कसरी आउँथ्यो मैले थाहा पाइनँ। ऊ हस्तमैथुन पनि धेरै गर्छ भनेर गोलघरमा बस्ने अरूले सुनाउँथे।

निहिता मेरी अन्तिम श्रीमती भन्थ्यो। वास्तवमा उसको दिमाग निकै तेज थियो। उसले जेलबाट छुट्न निहितालाई प्रयोग गर्न खोजेजस्तो लाग्छ। उनलाई वकिल बनाएर मेरो मुद्दा जेनेभा पु¥याउँछु भन्थ्यो। निहिता आइरहन्थी। कतिपटक मसँग पनि भेट भएको हो। आमासँगै आउँथी। ‘माई डियर’ भन्थी। निकै परिपक्व कुरा गर्थी। शोभराजले प्रायः निहिताको हातमा किस गथ्र्यो। दुवैजना निकै माया छ भन्ने देखाउँथे। मुक्तान थेबाको संस्मरण हामीले गज्जब साप्ताहिकबा लिएका हौं।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 08:50:14

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...