संशोधन असफल पार्ने यस्तो छ एमाले रणनीति



एमाले कार्यालय
एमाले कार्यालय

प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै प्रक्रियामा विरोध गर्ने भएको छ। संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ।

भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ। विधेयक असफल बनाउन विपक्षी ९ दलबीच एकता कायम राख्दै सीमांकन हेरफेरको विरोधमा रहेका राप्रपालगायतका दललाई पनि विपक्षमा रहन एमालेले ‘कन्भिन्स’ गर्दै छ।

एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक वार्तासमेत गरिसकेका छन्। अवरोधबीच संशोधन अघि बढ्न नसक्ने बताए पनि एमाले प्रक्रियामा जाँदा सत्तापक्षलाई कमजोर बनाउने रणनीतिमा छ।

निर्वाचनसँग जोडिएका विधेयक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। ‘हामीले संशोधनको मामिलामा अवरोध गरेका हौँ,’ एमाले नेता अग्नि खरेलले भने, ‘तर, संविधान कार्यान्वयनका मामिलामा हामी सदन अवरोध गर्दैनौँ, सरकारले गल्ती नै गरेछ भने पनि सच्याएर भए पनि अघि बढ्न एमाले तयार छ।’

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 08:08:57

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...