दरबार छाडे पनि जिम्मेवारी छाडेको छैनः ज्ञानेन्द्र



पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिए पनि जनताप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन्। उनले राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान पनि गरेका छन्।

२९५औँ पृथ्वीजयन्तीका अवसरमा मंगलबार सन्देश दिँदै पूर्वराजा शाहले दलहरूको नाम उल्लेख नगरी सार्वभौमसत्ता कमजोर पारेको, भौगोलिक अखण्डतामाथि प्रहार गरेको आरोपसमेत लगाएका छन्। उनी हाल थाइल्यान्डको राजधानी बैंककमा छन्।
‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तात्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौँ, तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौँ र गर्ने पनि छैनौँ,’ सञ्चार सहयोगी डा. फणीराज पाठकद्वारा मंगलबार जारी पूर्वराजाको सन्देशमा भनिएको छ, ‘नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।’

पूर्वराजाले नाम उल्लेख नगरी दलहरूले देशलाई कमजोर तुल्याएको, अखण्डतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। ‘चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो–जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन्,’ पूर्वराजाको सन्देशमा भनिएको छ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 06:52:40

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...