समृद्धि सरकारको नारा मात्रैः १३ खर्बको बजेट, तर विकासमा एक खर्ब मात्रै खर्च



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
प्रविन कोइराला

आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ।

चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र जीवन बस्नेतले लेखेका छन्।

सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५–७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।

दुईतिहाइ बहुमतसहितको बलियो सरकारले ल्याएको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा पनि कमजोर देखिएको छ। गत आर्थिक वर्षको वैशाख मसान्तसम्म सुरु अनुमानको ५९ प्रतिशत बजेट खर्च भएको थियो।

त्यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएकोमा १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च भएको थियो ।

दैनिक आठ अर्ब ५२ करोड खर्च गर्नुपर्ने
०७६ को असार मसान्तभित्र चालू आर्थिक वर्षको बजेट खर्च गरिसक्ने हो भने दैनिक आठ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ।

सार्वजनिक बिदा, पर्वलगायतलाई कटाउने हो भने खर्चको दर दैनिक झन्डै नौ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ । तर, १० महिना अर्थात् तीन सय दुई दिनमा गरिएको खर्चको दर हेर्दा यो लक्ष्य पूरा हुन देखिँदैन ।

अहिलेसम्मको प्रगति हेर्दा दैनिक दुई अर्ब १९ करोड १९ लाख रुपैयाँ खर्च भइरहेको देखिन्छ । यस आधारमा अब असार मसान्तभित्र बाँकी बजेट खर्च गर्न दैनिक बजेट खर्च गर्ने दर झन्डै चार गुणाले वृद्धि गर्नुपर्ने हुन्छ।

कुल विनियोजित बजेटलाई आधार मान्ने हो भने खर्चको अवस्था अझ भयावह देखिन्छ । कुल विनियोजित बजेटको अहिलेसम्म ५० दशमलव ३३ प्रतिशत मात्र खर्च भएको छ । यसको अर्थ दुई महिनामा बाँकी ४९ दशमलव ६७ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था हुने थियो ।

सरकारले चालू आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्र खर्च गर्ने अनुमान गरेको छ।

चालू बजेट ६२ र पुँजीगत बजेट ४५ प्रतिशत
आर्थिक वर्ष ०७५र७६ को बजेटको अर्धवार्षिक समीक्षाले गरेको संशोधित अनुमानअनुसार चालू बजेट सात खर्ब ९८ अर्ब ४४ करोड ६ लाख खर्च गर्ने लक्ष्य निर्णारण गरेको छ ।

यसअनुसार ३१ वैशाखसम्ममा चार खर्ब ९५ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो संशोधित अनुमानको ६२ दशमलव १० प्रतिशत हो ।

चालू बजेटको तुलनामा पुँजीगत ९विकास० बजेट खर्चको अवस्था अझ निराशाजनक छ । संशोधित अनुमानले पुँजीगत खर्च दुई खर्ब ६५ अर्ब २६ करोड ५७ लाख रुपैयाँ तोकेको छ ।

तर, आवको १० महिना (३१ वैशाख) सम्ममा एक खर्ब १९ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । अझै एक खर्ब ४५ अर्ब ८० करोड पाँच लाख रुपैयाँ खर्च हुन बाँकी छ । यसको अर्थ १० महिनामा लक्ष्यको ४५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ।

१० महिना (तीन सय दुई दिन) मा भएको पुँजीगत खर्चको दरलाई हेर्दा दैनिक ३९ करोड ५५ लाख रुपैयाँ खर्च भएको देखिन्छ । बाँकी रहेका ६३ दिनमा दैनिक दुई अर्ब ३१ करोड ४२ लाख खर्च गर्दा मात्र संशोधित विकास बजेट चालू आर्थिक वर्षभित्र खर्च हुन सक्छ ।

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 08:06:30
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...