तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्काे सातादेखि उडान भर्ने सम्भावना



कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ।

पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो।

इटाली र ब्रिटिस कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ।

सम्भवतः त्यसले अर्काे सातादेखि राष्ट्रपतिको उडान भर्नेछ। आज प्रकाशित जनआस्था साप्ताहिकले यो खबर लेखेको हो। 

सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाइ हुँदा अर्थात् डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ।

आठ महिनासम्म त्यसै थन्किएर बसेको थियो।

१४ दशमलव एक मिलियन डलरमा अर्काे हेलिकोप्टर पनि ल्याउने अर्डर  भएको छ। यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आउने अर्थ स्रोतको दाबी छ।

प्राकृतिक प्रकाेप र विशिष्ट व्यक्तिकाे उडानमा यसकाे प्रयाेग हुन्छ। एउटा अस्ती साेमबार परीक्षण उडान गरिएकाे छ। सम्भवतः अर्काे हेलिकाेप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुकाे उडानमा मात्र प्रयाेग हुनेछ। 

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 09:05:06
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...