सेती अञ्चल अस्पतालका डाक्टरको मनपरी, गेटमै निजी क्लिनिक खोलेर ब्रह्मलुट



छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन्।

त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर ‘यहाँ ढिला हुन्छ, सिटी पोलिक्लिनिकमा लैजानुस्, तुरुन्तै उपचार हुन्छ’ भने।

पैसा अभावमा छोरालाई सेतीमै भर्ना गराएकी उनले उपचार पाउन ४ दिन पर्खनुपर्‍यो। अर्थोपेडिक वार्डमा कुरुवा बसेकी खिनाले भनिन्, ‘२० हजार लाग्छ, निजीमा लैजानुस् भनेका थिए। पैसा नभएर मैले यतै गराउँछु भनें। यहाँ अप्रेसन गराउन ४ दिन पर्खनुपर्‍यो।’

सेतीमा न्यूनतम शुल्कमा हुने उपचारका लागि सेतीकै डाक्टर सुशील भण्डारीले सञ्चालन गरेको सिटीमा २० हजार लाग्छ। सिटीका मात्र नभई धनगढीमा खुलेका निजी अस्पतालका एजेन्टहरू बिरामी तान्न सेतीका विभिन्न वार्डमा खटिएका हुन्छन्। ‘निजीमा लगेर बिरामीबाट चर्को शुल्क असुल्छन्,’ एक पीडितले भने।

सुदूरपश्चिमकै एक मात्र रिफरल सेन्टर मानिएको अञ्चल अस्पताल पछिल्लो समय बिचौलियाको चेपुवामा छ। अस्पतालको ल्याबका एक कर्मचारीका अनुसार अत्याधुनिक उपकरण, दक्ष चिकित्सकलगायत सेवा सेतीमा जस्तो राम्रो कुनै निजी अस्पतालमा छैनन्। तर यहाँ आएका अधिकांश बिरामीले प्रभावकारी सेवा पाउँदैनन्। धनगढीबाट अर्जुन शाहले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘यहींका स्थायी पदमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्य कर्मचारीले सञ्चालन गरेका निजी अस्पताल, क्लिनिक र प्रयोगशालामा त्यही सेवाका लागि चर्को मूल्य असुलिन्छ,’ ती कर्मचारीले भने ।

सेतीकै अर्का एक कर्मचारीले चिकित्सकलाई सरकारीको लोगो मात्रै चाहिएको बताए। ‘पछिल्लो समय मेडिकल सुपरिन्टेन्डेन्टले डाक्टरहरूको मनपरी गर्न रोक्ने प्रयास गरे पनि सफल भएका छैनन्,’ ती कर्मचारीले भने । उनका अनुसार अस्पतालका डाक्टरदेखि सहयोगीसम्मले निजीमा बिरामी लैजान सेटिङ गरिरहेका छन्।

अस्पतालको गेटैमा निजी
स्वास्थ्य सेवा ऐनले सरकारी स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्था खोल्न वा काम गर्न रोक लगाएको छ। धनगढीमा भने सेती अञ्चल अस्पतालमै कार्यरत डाक्टर र अन्य कर्मचारीले निजी क्लिनिक र अस्पतालमा लगानी गरेका छन्।

अञ्चल अस्पतालको गेटैमा कैलाली अस्पताल छ। त्यसैको छेउमा सिटी पोलिक्लिनिक र नोभा अस्पताल छन्। अलि पर सारथी अस्पताल सञ्चालन प्रक्रियामा छ । सेतीकै हाडजोर्नी विशेषज्ञ प्रमोद जोशी, जनरल सर्जन सुरेन्द्र बस्नेत, रेडियोलोजिस्ट होम पन्त र अञ्जना शर्मा धेरैजसो समय कैलाली अस्पतालमा भेटिन्छन्।

हाडजोर्नी विशेषज्ञ सुशील भण्डारीले सञ्चालन गरेको सिटी पोलिक्लिनिकमा अर्का डाक्टर मिलान आलम अन्सारी कार्यरत छन्। सिटीले बेड भर्नाको स्वीकृतिसमेत नलिएको स्रोतले बतायो। सेतीकै डा पदमप्रकाश शर्मा नोभा अस्पतालमा भेटिन्छन्। यस्तै राष्ट्र बैंकछेउमा खुलेको निसर्ग अस्पतालमा सेतीका अधिकांश डाक्टर र कर्मचारीको लगानी रहेको अस्पतालले स्विकारेको छ।

केही विशेषज्ञ निजी क्लिनिकमा कार्यरत छन्। डा पदमप्रकाश शर्मा नोभा अस्पतालसहित विमला मेडिकल र सन्तोष मेडिकलमा बोर्ड झुन्डयाएरै काम गर्छन्। कुनै-कुनै दिन उनी समर मेडिकल हलमा भेटिन्छन्।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 07:42:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...