कुनै समय भारतमा चौकीदारी गर्ने सुदूरपश्चिमका मुख्यमन्त्रीले आफ्नै प्रतिवद्धता बिर्सिएपछि‍‍‍....



मुख्यमन्त्री त्रिलोचन भट्ट
मुख्यमन्त्री त्रिलोचन भट्ट

बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ ।

प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा धनगढीबाट तेजराज भट्टले लेखेका छन्।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन्।

युवाको आपत्ति
रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नुको साटो विदेश पठाउन प्रोत्साहन गर्नु दुःखद भएको भन्दै युवाका पक्षमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले भने आपत्ति जनाएका छन् ।

‘श्रम गर्न सक्ने सबै विदेश गए समृद्धि कसरी हासिल हुन्छ?’ युवा शान्ति परिषद् कैलालीका संयोजक प्रेम ढुंगानाले भने, ‘रेमिट्यान्सले मात्र देश चल्न सक्दैन, त्यसैले युवाहरूको श्रम देश विकासमा लगाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’

त्रिलोचन भट्टले मुख्यमन्त्रीको शपथग्रहणपछि सुदूरपश्चिमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । ‘अब भारतमा चौकीदारी गर्न जाने अवस्था अन्त्य हुन्छ’ भन्ने उनको भनाइले त्यतिवेला खुब चर्चा पाएको थियो । उनी स्वयं कुनै समय भारतमा चौकीदारी गर्थे।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले उद्योगको विकास र स्वरोजगार सिर्जना गर्ने कार्यक्रम सरकारले गर्न नसकेको बताए। युवाहरूलाई विदेश पठाउन उत्प्रेरित गर्नुभन्दा सीप सिकाएर स्वरोजगार बनाउनुपर्ने उनको सुझाब छ।

‘युवालाई विदेश जान प्रोत्साहन गर्ने प्रदेश सरकारको योजनाले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई नै व्यंग्य गरेको छ,’ उनले भने । देशमै होटेल, उद्योग, सडक कालोपत्रेलगायत क्षेत्रमा कामदारको अभाव रहेकाले पूर्तिका लागि बेरोजगार युवालाई सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए ।

‘पहिले यहीँ रोजगारीका अवसर सिर्जना गर्नुप¥यो । विदेश नै पठाउने हो भने दक्ष बनाएर पठाउनुपर्छ,’ बोगटीले भने, ‘अदक्ष कामदारका रूपमा लाखौँ नेपालीले विदेशमा सस्तोमा श्रम बेच्नुपरिरहेको छ।’

वैदेशिक रोजगारबाट फर्केकाको संस्था आप्रवासी हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकले पनि युवालाई भाषाभन्दा सीप आवश्यक रहेको बताए । सीप सिके भाषा व्यक्तिले आफैँ पनि सिक्न सक्ने उनको भनाइ छ ।

‘विदेश काम गर्न जाँदा भाषा पनि महत्वपूर्ण हो, तर सीप त्योभन्दा मुख्य हुन्छ । किनभने सीप सिकेर गए काम र तलब दुवै राम्रो पाइन्छ,’ अध्यक्ष विकले भने, ‘तर, अदक्ष कामदारले सस्तोमा श्रम बेच्नुपर्छ।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 06:32:05
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...