चीनले बीआरआईमार्फत् नेपालमा प्रभाव जमानउ खोजको भन्दै अमेरिकाले भन्यो- सजग हुनुस् !



चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ।

दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

नेपाल भ्रमणमा आएका उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘बीआरआईमाथि हामीले गरेको अध्ययन तपाईंहरूले पनि हेर्न सक्नु हुन्छ। चीनले गरेको सहयोगले कसैको हित भएको खासै देखिँदैन।’

राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल फर्केको दुई सातामै यसबारे अमेरिकाले चासो देखाउँदै आफूले गरेको अध्ययन प्रतिवेदनबारे बोलेको हो।

चीनले बीआरआईमार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको टिप्पणी आइरहेका बेला नेपालको यसमा संलग्नतामाथि उच्च तहका अधिकारीहरूबाट यसअघि पनि प्रश्न उठाइएको थियो।

हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरूमा भ्रष्टाचार बढेको, अधिनायकवाद हावी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो गाडेको उल्लेख छ।

नेपालमा पनि त्यो अवस्था नआओस् भन्ने अमेरिकाको सद्भाव रहेको उनको भनाइ थियो । ‘कुनै पनि लगानी भित्र्याउनुअघि आफ्नो हितमा छ कि छैन र त्यसले पारदर्शिता प्रवर्द्धन गर्छ कि गर्दैन भनेर आफ्ना मित्रहरूले सोच्नुपर्छ भन्ने अमेरिकी धारणा छ,’ रान्जले भने, ‘बीआरआईले नेपालमा भित्र्याउने योजनामा पनि यी प्रश्न गरिनुपर्छ।’

चीनले बीआरआईमार्फत एसियामा प्रभाव जमाउन खोजिरहेका बेला अमेरिकाले यस क्षेत्रमा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अघि सारेको छ । जानकारहरूका अनुसार यो चीनको प्रभावलाई रोक्ने अमेरिकी रणनीति हो।

रान्जले भने यो विश्लेषण सही नभएको दाबी गरे । ‘इन्डो प्यासिफिक स्ट्राटेजी कुनै देशको विरुद्धमा नभएर लोकतन्त्र, पारदर्शिता र खुला समाजका पक्षमा हो,’ उनले भने, ‘समृद्धिका लागि यी कुरा मुख्य आधार हुन्।’

रान्जले परराष्ट्रका समकक्षी अधिकारीहरू र गृहमन्त्री रामबहादुर थापासँग भेट गरी इन्डो प्यासिफिक स्ट्राटेजीबारे कुरा गरेका थिए । गत हिउँदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक भ्रमणका बेला अमेरिकाले यस रणनीतिमा नेपाललाई एक मुख्य साझेदार भनी घोषणा गरेको थियो।

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 05:20:35
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...