यसरी हुँदैछ लोकतन्त्रको मानमर्दनः पूर्वराष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी, तर पूर्वराजालाई ९६ प्रहरीको पहरा



पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाह

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।

यता पूर्वराष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरू बताउँछन् ।

सुरक्षा संवेदनशीलताका आधारमा पनि पूर्वराजालाई २०–२५ जना प्रहरी पर्याप्त हुने प्रहरी अधिकारीहरू बताउँछन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

पूर्वराजाको सुरक्षाका नाममा राष्ट्रसेवक सुरक्षाकर्मीलाई अनावश्यक रूपमा खटाइएको भन्दै संसद्को सुशासन समितिले संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो । तर, तीन वर्षसम्म सो निर्देशन कार्यान्वयन भएको छैन ।

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा धेरै सुरक्षाकर्मी खटाउनु अनावश्यक भएको गृह मन्त्रालयकै अधिकारीहरू बताउँछन् । ०६५ मा गणतन्त्र घोषणालगत्तै सरकारले सुरक्षा मूल्यांकनका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो । हालसम्म पुनरावलोकन भएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट सुरक्षा कार्यविधिअनुसार नै पूर्वराजालाई सरकारले सुरक्षाकर्मी खटाएको बताउँछन्।

‘कार्यविधिअनुसार विभिन्न समयमा मन्त्रिपरिषद्बाट निर्णय भएर आवश्यकताअनुसार नै पूर्वराजालाई सुरक्षाकर्मी खटाइएको हो,’ प्रवक्ता सुवेदीले बताए । गृहले हालै नयाँ कार्यविधि मन्त्रिपरिषद्मा पेस गरेको छ । जसमा पूर्वराजालाई खटाइएको सुरक्षाकर्मी घट्ने सम्भावना रहेको एक अधिकारीले बताए ।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 07:25:31
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...