वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकैपटक ४ सन्तान



वीरगन्ज हेल्थ केयर हस्पिटल
वीरगन्ज हेल्थ केयर हस्पिटल

वीरगन्जमा मंगलबार एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिएकी छन्।

पर्साको छिपहरमाइ गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार शिशुलाई जन्म दिएकी हुन्।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। वीरगन्जबाट क्रान्ति शाहले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य छ।

खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको मेट्रोन अधिकारीले जानकारी दिइन्।

उनका अनुसार चारै शिशुको अवस्था सामान्य रहे पनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ।

‘खातुनलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा मङगलबार बिहान सात बजे भर्ना गरिएको थियो, अधिकारीले भनिन्, ‘१२ बजेर ४० मिनेटमा चार शिशु जन्मिएका हुन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ तर तौल कम भएकाले एनआइसीयु कक्षमा राखिएको हो।’

सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा। स्वेता चौधरीले जानकारी दिइन्।

‘बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम हुने भएकाले सबैलाई एनआइसीयु कक्षमा राखिएको हो, डाक्टर चौधरीले भनिन्, ‘एनआइसीयुमा राखेपछि तौल पनि विस्तारै बढ्दै जान्छ।’

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 06:08:45
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...