तीन किलो सुनसहित चार विदेशी महिला पक्राउ, यस्ता छन् तस्करीका नयाँ तरिका



विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ।

आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन्।

बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन्। गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए।

पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन्। भन्सार कार्यालयले चेकिङका क्रममा दुवैलाई पक्राउ गरेको हो। याे खबर नयाँ पत्रिकामा छापिएकाे छ। 

उनीहरूबाट सुनका गहना तथा साना टुक्राहरू बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए।

विदेशी महिलाको प्रयोग
विमानस्थलमा सानो परिमाणमा हुने तस्करीका घटना नौलो होइनन् । विगतमा नेपाली र भारतीयलाई मात्र प्रयोग हुने गरेकोमा अहिले विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको हो।

पहिला नेपाली र भारतीय नागरिक सुन तस्करीमा संलग्न हुन्थे,’ भन्सार कार्यालय विमानस्थलका प्रमुख गजेन्द्र ठाकुर भन्छन्, ‘पछि चिनियाँ र थाई नागरिक तस्करीमा संलग्न भए, पहिलोपटक कम्बोडियन र भियतनामीसमेत पक्राउ परेका छन्।’

गिरोहमा को? 
विभिन्न देशका नागरिकलाई प्रयोग गरेर नेपालमा सुन तस्करी गर्ने गिरोह ठूलै भएको हुन सक्ने प्रहरी र भन्सार अधिकारीहरूको आकलन छ । तर, अहिलेसम्म गिरोहका नाइकेको पहिचान हुन सकेको छैन। ‘सुनसहित पक्राउ परेकाहरूले गिरोहका बारेमा पटक्कै केही बताउँदैनन्,’ भन्सार प्रमुख ठाकुर भन्छन्, ‘कसले यो तस्करी चलाइरहेको छ भन्ने बुझ्न सकेका छैनौँ ।’

सुन तस्करी गर्ने विदेशी प्रायः समूहमा आउने गरेको प्रहरीले जनाएको छ । चार–पाँचजना एकैपटक नेपाल आउने गर्दछन् । यसअघि संयुक्त अरब इमिरेट्सबाट नेपाली र भारतीयलाई प्रयोग गरी सुन तस्करी हुँदै आएको थियो । लामो समयदेखि चिनियाँ नागरिकले आफ्नै देशबाट नेपालमा सुन तस्करी गर्दै आएका छन् । केही चिनियाँ नागरिक पक्राउ परिसकेका छन्।

तस्करीका नयाँ-नयाँ शैली
गत २८ चैतमा मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने तीनजना चिनियाँ पक्राउ परेका थिए।

भन्सारमा मेटल डिटेक्टरमार्फत चेकिङ गर्दा शरीरभित्र मेटल देखिएको थियो  अस्पतालमा लगेर एक्सरे गराउँदा सुन भएको खुल्यो । उनीहरूलाई दिसा गराएर प्रहरीले सुन निकालेको थियो । उनीहरू चाइना इस्टर्नको विमानमार्फत चीनको कुन्मिङबाट नेपाल आएका थिए।

त्यस्तै, २१ चैतमा विमानस्थलको भन्सार जाँचबाट पास भइसकेको झन्डै ६ किलो सुन प्रहरीले बरामद गरेको थियो । बाहिरबाट रबर र चाँदीको लेप लगाइएको पाँच किलो आठ सय १४ दशमलव ६५ ग्राम सुनका गहना बरामद भएको थियो । पक्राउ पर्नेमा जतिन जैन, सुनीता गर्ग, बबिता गर्ग र सरिता जैन छन्।

उनीहरूलाई विमानस्थलको नयाँ पार्किङएरियाबाट प्रहरीले पक्राउ गरेको थियो । आइतबार मात्र काभ्रेकी मुना श्रेष्ठ १४ लाख रुपैयाँबराबरका पाँचवटा सुनका सिक्रीसहित पक्राउ परेकी छिन् । विदेशबाट फर्किएका युवासँग संकलन गरेको सुनसहित उनी पक्राउ परेकी हुन् ।

गहना बनाएर विमानस्थलबाट सुन तस्करी गर्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ । गत १७ चैतमा चिनियाँ नागरिक वाङ झिकाङलाई एक सय ३९ ग्रामको सुनको मालासहित गोल्डेन गेट एरियाबाट प्रहरीले पक्राउ गरेको थियो । गहनाका नाममा उनले चीनबाट नेपालमा सुन तस्करी गर्न खोजेको खुलेको थियो । १३ चैतमा पनि सुनका गहनासहित दुईजना पक्राउ परेका थिए।

रौतहटका जितेन्द्र चौधरी र भारतीय नागरिक असलम आलमलाई प्रहरीले सुनका चुरासहित पक्राउ गरेको थियो । दुवैसँग ९९-९९ सय ग्राम सुन बरामद भएको थियो ।

११ चैतमा बाग्लुङका पवित्रा विक र सबा विकलाई एक सय ५० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको थियो । १० चैतमा धनुषाका धीरज महतो एक सय ४९ ग्राम र ९ चैतमा काठमाडौंका फहिमुद्दिन मियाँ दुई सय ४९ ग्राम सुनसहित पक्राउ परेका थिए।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 08:11:49
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...