जम्मा ६ कट्ठा जग्गामा २८ दलित परिवारः भूमाफियाले यसरी बेचिदिए सिंगै बस्ती



सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन्।

मिर्चैया नगरपालिका-७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन्। उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन्।

तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन्। आजको नयाँ पत्रिकामा छापिएको यो खबर मणिलाल विश्वकर्माले लेखेका हुन्।

स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो। उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन्।

अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए।
वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो।

सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो।

उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए। तर, अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो छ।

त्यस्तै, मिर्चैया–९ रम्पुरामा १५ घर दलितबस्तीले चर्चेको सात कट्ठा १० धुर जग्गा किर्ते कागज तयार गरी बिक्री भएको छ। दुईजना व्यक्तिमा नामासारी भइसकेपछि मात्रै बस्ती बेचिएको स्थानीयले थाहा पाए।

बस्तीका मानिसले मिलेर करिब ५० वर्षअघि सिरहा नगरपालिका–७ घर भएकी रासो धुनियाइन मियाँसँग साबिक सिरहा फूलबरिया वडा नं। १ ९ङ० कित्ता नं १८ को सात कट्ठा १० धुर जग्गा किनेका थिए।

त्यसपछि त्यहाँ बस्ती बसेको स्थानीय रामेश्वर महराले बताए।

‘हामीले जग्गाको पैसा उतिवेलै तिरेका थियौँ,’ महरा भन्छन्, ‘तर, आमा रासो र छोरा मन्सुर मियाँको मृत्यु भएपछि जग्गा किर्ते गरेर बेचिएको थाहा पायौँ।’ साबिक लगडीगोठ–८ का रामबहादुर यादवका छोरा भरत यादवले बस्ती रहेको जग्गा १० असोज ०७० मा मियाँको नामबाट आफ्नो नाममा ल्याएका रहेछन्।

उनले १० असार ०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका–८ चोहर्वा बस्ने आफ्ना फुपूको छोरा रामपरीक्षण यादवको नाममा दर्ता गरिदिएका छन्।

जग्गा दर्ता गराउँदा उनीहरूले मिर्चैया–९ का वडाध्यक्षलाई समेत मिलोमतोमा लिएको देखिन्छ। रामपरीक्षणको नाममा जग्गा दर्ता गर्ने बेला वडाध्यक्ष मोहनप्रसाद पोखरेलले सो जग्गामा बस्ती, बाटो केही नभएको बेहोरासहितको सिफारिसपत्र १४ जेठ ०७५ मा दिएका थिए।

यसबारे प्रश्न गर्दा वडाध्यक्ष पोखरेलले आफूलाई झुक्याएर सिफारिस लिएको दाबी गरे। ‘वडामा यत्रो जग्गा छ, मलाई थाहा भएन । झुक्याएर उनीहरूले सिफारिस लिए,’ उनले भने । तर त्यो बस्ती वडा कार्यालयदेखि मात्र ५० मिटरको दूरीमा छ । अब दलित बस्तीलाई मुद्दामा सघाउने वचन पनि पोखरेलले दिए ।

बस्ती नै बिक्री भएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रशासनले छानबिन गरिरहेको बताएको छ ।

६ बिघा ६ कठ्ठा जग्गा भूमाफियाको कब्जामा
सिरहाका विभिन्न ठाउँमा भूमाफियाहरूले मालपोत तथा नापी कार्यालयका कर्मचारीको सेटिङ्मा किर्ते कागजात बनाएर सार्वजनिक तथा निजी जग्गा हड्पेका छन्।

सिरहाको बेलहा, हकपारा, बङ्ठिया, चोहर्वा, मिर्चैयाको दुई वटा वडा गरी छ विघा छ कठ्ठा आधा धुर सार्वजनिक तथा निजी जग्गा कीर्ते गरेर भूमाफियाहरूले आफ्नो नाममा ल्याएका हुन् ।

सिरहाको पूर्व पश्चिम सडकसँगै जोडिएको गोलबजार नगरपालिका ९ (साविक चन्द्रउदयपुर गाविस–८) स्थित ५० करोडभन्दा बढी मूल्यको दुई बिघा सात कठ्ठा १५ धुर क्षेत्रफलको जग्गा व्यक्तिको नाममा दर्ता भएको भेटिएपछि मुद्दा चल्दैछ।  

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 07:43:15
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...