जुत्ता नहुँदा खाली खुट्टै दौडेकी कमलाले जितिन् राष्ट्रिय पदक



राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ५ की प्रतिनिधि हुन् कमला जैसी। तर, उनीसँग धावकले लाउने एकजोर जुत्ता पनि छैन।

दाङ बलझुन्डी रंगशालामा भइहरको एथलेटिक्समा आइतबार खाली खुट्टा दौडेर उनले कास्य पदक जितेकी छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा ज्ञानेन्द्र कार्कीले लेखेका छन्।

चार गुणा चार सय रिले दौडमा कमलासँगै पूर्णिमा खड्का, अरुणा रिजाल र पूजा चौधरी थिए। अन्तिममा कुदेकी कमला भने खाली खुट्टामै थिइन्।

‘स्पाइक सुज’ नभएकाले यस अघि १५ सय र पाँच हजार मिटरको दौडमा उनले खाली खुट्टा दौडन खोजेकी थिइन्, तर सामान्य जुत्ता लगाउन परेकाले सोचेजसे नतिजा आउन नसकेको उनको भनाई छ।

‘मसँग स्पाइक सुज छैन, त्यसैले खाली खुट्टा नै तालिम लिएकी थिएँ, अघिल्ला दौडमा सामान्य जुत्ता लगाउनुपरेकाले पदकविहिन भएकी थिएँ, यसपाली खाली खुट्टा दौडिएँ, जितेँ,’ उनले भनिन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 06:24:50
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।