नेकपाले ७७ जिल्लाकै नेतृत्व टुंग्यायो, पूर्वएमालेलाई ४५ र पूर्वमाओवादीलाई ३२ जिल्लामा नेतृत्व



एमाले–माओवादी केन्द्रबीच एकता घोषणापछि नेकपा नेताहरु, ३ जेठ ०७५
एमाले–माओवादी केन्द्रबीच एकता घोषणापछि नेकपा नेताहरु, ३ जेठ ०७५

केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ।

आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो। मूल नेतृत्व टुंगो लागेपछि जिल्ला कमिटिहरू बन्नेछन्।

जिल्लाका अध्यक्ष र सचिवको नाम कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा हुने कार्यक्रममा घोषणा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पार्टी पोलिटब्युरोे गठन, भ्रातृसंगठनहरूको एकता भने पछि तर छिट्टै घोषणा गरिने श्रेष्ठले जनाए । ‘पोलिटब्युरोको गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन एकैपटक हुन्छ,’ उनले भने।

जिल्ला तहको नेतृत्वमा कसको वर्चस्व रहने भन्ने छिनाझपटीमा अल्झिरहेको नेकपाका शीर्ष नेताहरूबीच विगतको नेतृत्वलाई प्राथमिकता दिने सैद्धान्तिक सहमतिपछि विवाद टुंगिएको हो।

यो सहमतिले सांसद, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका पदमा रहेका पनि अध्यक्ष, सचिवलगायत नेतृत्वदायी पदमा रहने छन्। एउटै व्यक्तिले दोहोरो पद पाउने कि नपाउने भन्ने विवादले जिल्ला तहको नेतृत्व चयनमा समस्या थियो।

सामान्य अवस्था नभई विशिष्ट खालको एकता भएकाले कमिटी–कमिटी नै एकता गर्नु ठीक हुने समझदारी नेताहरूबीच बनेपछि जिल्ला नेतृत्वको एकताको गाँठो फुकेको हो।

७७ जिल्लामध्ये पूर्वएमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व लिनेछन् । पूर्वएमालेको भागमा अध्यक्ष परे सचिव पूर्वमाओवादी पक्षको हुनेछ।

त्यस्तै पूर्वमाओवादी अध्यक्ष परे सचिव पूर्वएमाले हुने सैद्धान्तिक सहमति नेताहरूबीच भएको छ । विगतमा दुवै पार्टीमा जो–जो जिल्लाका अध्यक्ष थिए, उनीहरूलाई नै नेतृत्व दिने, उनीहरूले नमानेको वा नसक्ने अवस्थामा सम्बन्धित कमिटीको अर्को तहका नेतालाई जिम्मेवारी दिने सहमति भएको छ।

यसअघि पार्टीको केन्द्रीय सचिवालयले सांसद, मन्त्री, स्थानीय तहको प्रमुख, उपप्रमुखलगायत अन्य जिम्मेवारीमा रहेका व्यक्तिलाई जिल्लाको नेतृत्व नदिने गरी सर्कुलर गरेको थियो । उक्त सर्कुलरपछि नेताहरूबीच मनमुटाव भएको थियो।

माधव नेपाल पक्षधर नेताहरूले सिद्धान्त तय गरेर जिम्मेवारी दिनुपर्ने अडान राखेका थिए । निर्वाचित कमिटीमा रहेका अध्यक्षले जिम्मेवारी नपाउने स्थानमा त्यही कमिटीको दोस्रो तहमा रहेको व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने मापदण्डको माग नेपाल पक्षले गरेको थियो।

सबै जिल्लामा एउटै मापदण्डबाट व्यक्ति छनोट हुनुपर्ने अडान उनीहरूको थियो।

नेकपाको गत वर्ष जेठ ३ गते केन्द्रमा एकता भएको थियो। केन्द्रीय एकतापछि पार्टीको सचिवालय, स्थायी समिति, प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष टुंगो लगाइएको थियो।

जिल्ला, भ्रातृ संगठनको भने एकता नहुँदा दुवै पार्टीका कमिटीहरू समानान्तर रूपमा चलिरहेका छन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 05:19:05
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।