सरकारसँग वार्ता गर्न पार्टीभित्र विप्लवलाई शीर्ष नेताहरूको दबाब



नेत्रविक्रम चन्द विप्लव
नेत्रविक्रम चन्द विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ।

पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्।

पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्। महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्।

यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्कमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो।

सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुदर्शन), पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त), केन्द्रीय सदस्यहरू वसन्त श्रेष्ठ (प्रज्ज्वलन), बन्धु चन्दलगायत सयौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्।

एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासहित चन्दको पार्टी हिंसात्मक गतिविधिमा संग्लग्न छ। वैज्ञानिक समाजवाद उसको राजनीतिक नारा छ।

उक्त पार्टीलाई वार्तामा बोलाउँदा नआई हिंसात्मक घटनामा सक्रिय भएको र राजनीतिक नेतासम्मको हत्या योजना बनाएको खुलेपछि प्रतिबन्ध लगाउनुपरेको सरकारले बताउँदै आएको छ।

पार्टीमा सरकारसँग वार्ता गर्ने विषयमा बहस सुरु भएको पोलिटब्युरो सदस्य पदम राईले बताए।

‘सरकारले लड्न खोजेको हो भने हामीले पनि लडेर देखाइदिनुपर्छ। आत्मसमर्पण गर्नुभन्दा लडेर खरानी हुँदा ठीक हुन्छ। कतिपय साथीहरू खरानीबाटै अर्को विद्रोह जन्मन्छ भन्नेमा हुनुहुन्छ। मेरो भनाइ यसरी सोच्नु भएन भन्ने छ। यसैमा पार्टीभित्र बहस चलिरहेको छ,’ सदस्य राईले भने।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 08:17:03
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...