उठ्यो भूकम्पको केन्द्रविन्दु बारपाक



चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ। भूकम्पले यहाँका सबै घरमा क्षति पुगेको थियो।

धार्चे गाउँपालिका–६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा गोरखाबाट हरिराम उप्रेतीले लेखेका छन्।

चार हिउँद–बर्खा टहरोमा कटाएको उनको परिवार नयाँ घरमा सरिसकेको छ। ‘घर फिनिसिङ नहुँदै सरेको हुँ, जस्ताले छाएको टहरोमा पानी चुहिएर हैरानी थियो,’ उनले भने, ‘यतिका दुःख गरी बनाएको नयाँ घरमा सर्न अब किन ढिला गर्नु ?’

लाभग्राही सूचीमा नाम भए पनि अनुदान सम्झौता नगर्ने र सम्झौता गरेर पनि घर नबनाउनेलाई गाउँपालिकाले पत्र काटेको छ। ‘तीन साता भयो, घरदैलो कार्यक्रम थालेका छौं,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘जनप्रतिनिधि र प्राविधिकलाई के कारण लाभग्राहीले घर बनाएनन्, बुझ्न पत्रसहित पठाएका छौँ।’

उक्त गाउँपालिकाका ७ हजार १ सय ८१ लाभग्राहीमध्ये ६ हजार १ सय ४८ ले घर बनाइसकेका छन् । लाभग्राही सूचीमा छुटेको भन्दै ६ सय व्यक्तिले गुनासो गरेका छन् ।

‘सबैभन्दा ठूलो चुनौती भनेकै गुनासो सम्बोधन भएन,’ भट्टले भने । केही घरधनी भने लाभग्राही सूचीमा दोहोरिएको उनले बताए । बारपाकका १३ सय ३९ लाभग्राहीमध्ये १२ सय १९ ले घर बनाएका छन् ।

जिल्लामा ४९ हजार ६९ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको १ लाख रुपैयाँ बुझेका छन् । यहाँ ७० हजार ९ सय ८८ लाभग्राही सूचीकृत छन् । ६४ हजार ५ सय ७८ ले पहिलो किस्ता लगेका छन् ।

तीमध्ये डीपीसी सकेका ५७ हजार ८ सय ८७ को खातामा दोस्रो किस्ता निकासा भइसकेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइको कार्यालयले जनाएको छ । ‘तेस्रो किस्ताको निकासालाई आधार मान्दा ७४।५१ प्रतिशत निजी आवास पुनर्निर्माण सकियो,’ एकाइका इन्जिनियर शैलेन्द्र भट्टले भने।

घर मर्मत गर्नुपर्नेमा परेका ५ हजार ३ सय १० लाभग्राही प्रबलीकरण सूचीमा समावेश छन् । घर मर्मत गर्न दुई किस्तामा १ लाख अनुदान दिइएको छ ।

तर ढुंगामाटोको घर सामान्य मर्मत गरी बस्न नसकिने भन्दै प्रबलीकरणमा परेका लाभग्राहीले पुनर्निर्माण सूचीमा राख्न पुनरावेदन गरेको एकाइ प्रमुख रामशरण आचार्यले बताए । मर्मत गर्नुपर्ने सूचीमा परेकामध्ये १ हजार १ सय ६९ ले पहिलो किस्ताको रकम बुझेका छन् ।

यीमध्ये १९ जनाले मात्र दोस्रो किस्ताको ५० हजार लगेका छन् । प्रबलीकरणमा असन्तुष्टि जनाउँदै पुनर्निर्मार्णमै राख्नुपर्ने भनी ७ सय ४४ जनाले पुनरावेदन गरेका छन् ।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 07:45:29
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...