प्रधानमन्त्रीको सम्बोधन पूर्व माओवादीका मन्त्रीबाट बहिष्कार !


Kshamadevi Group


केपी शर्मा ओली
केपी शर्मा ओली

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालिन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उस्थित नभएका हुन्।

काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरु भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

बालुवाटार श्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो। ‘काठमाडौँ रहनुभएका सबै मन्त्रीलाई उपस्थितका लागि आग्रह गरिएको हो,’ बालुवाटार श्रोतले भन्यो, ‘केही मन्त्री काठमाडौँ बाहिर जानुभएको रहेछ। तर, काठमाडौँमा रहनु भएका मन्त्रीहरु किन सहभागी हुनु भएन, तयो थाहा हुन सकेन।’

सम्बोधनका क्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पुगेका थिए। सम्बोधनको अन्तिम समयमा पुगेका दाहाल गृहमन्त्रीलाई नदेखेपछि अलमलमा परेका थिए। सम्बोधनमा अचानक आएका कारण पूर्वमाओवादी केन्द्रबाट मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूले कार्यक्रम बहिष्कार गरेको आशंका छ।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदीका अनुसार थापा व्यस्त भएकाले सम्बोधनका क्रममा उपस्थित हुन नसकेका हुन्। ‘गृहमन्त्रीज्यूको अन्य कार्यक्रमहरू तय भएका थिए, बिहानै ती कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले उहाँ सम्बोधनमा उपस्थित हुन सक्नुभएन,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले भने।

उनले मन्त्रीका के–के कार्यक्रम तय भएका थिए भन्नेबारे भने केही बताएनन्। सामान्यतया प्रधानमन्त्रीले देशवासीका नाममा गरिने सम्बोधन मन्त्रिपरिषद्मा छलफल हुने गर्छ। तर यसपटकको सम्बोधन मन्त्रिपरिषद्मा छलफल नभएका कारण उनीहरूले मौन बहिष्कार गरेको स्रोतको दाबी छ।

त्यसमध्येका वन मन्त्री बस्नेत २९ गतेदेखि नै काठमाडौंबाहिर रहेका कारण उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ। ताप्लेजुङ संखुवासभाको तीनजुरेमा पूर्वनिर्धारित कार्यक्रममा जानुपरेकाले उनी उपस्थित हुन नसकेको जनाइएको छ।

प्रधानमन्त्रीलाई जानकारी भएको कार्यक्रम भएकाले बस्नेत भने सम्बोधनमा उपस्थित हुन नसकेको बताइएको छ। ऊर्जामन्त्री पुनको पनि आइतबार बिहान कुनै कार्यक्रम तय नभएपनि प्रधानमन्त्रीको सम्बोधनमा सहभागी भएनन्। खानेपानीमन्त्री मगर, कृषिमन्त्री खनाल भने काठमाडौंबाहिर रहेको जनाइएको छ भने यादव काठमाडौंमै भएर पनि प्रधानमन्त्रीको कार्यक्रममा सहभागी भएनन्।

सम्बोधनको अन्तिममा पुगेका नेकपा अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीसहित सबै त्यहाँ सहभागी मन्त्रीहरूबीच राउन्ड टेबुले बैठक बसेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सम्बोधनका क्रममा केही मन्त्री कार्यव्यस्तताले नआएको हुन सक्ने अनुमान गरे। ‘हामी पूर्वमाओवादी केन्द्र वा पूर्वएमाले भन्ने थाहा पाउँदैनौं, नेकपा मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो,’ उनले भने, ‘कोही कार्यव्यस्तता र काठमाडौबाहिर भएका कारण आउनुभएन होला।’ 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 06:21:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...