घटनास्थल नै नपुगी संसदीय समितिद्वारा छाउपडी रिपोर्ट तयार


Kshamadevi Group


छाउगोठ
छाउगोठ

संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ।

संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।

युएनडिपीको सहयोगमा बाजुरा पुगेको संसदको उक्त टोली घटनास्थलभन्दा सात किलोमिटर टाढा धामकन्नेबाटै फर्किएको थियो। यो खबर आजको नागरिक दैनिकमा अशोक दाहालले लेखेका छन्।

उनीहरूले पीडितलाई त्यहीँ बोलाएर छलफल गरी काठमाडौँ फर्किएका थिए। सांसदहरूले भने उच्च चिसोकाघटना भएको स्थानसम्म पुग्न नसकेको दाबी गरेका छन्। नौ सदस्यीय महिला तथा समाजकल्याण उपसमितिमा आठजना सांसद छन्।

दुई जना युएनडिपीका प्रतिनिधिसहितको टोलीले जनवरी ३० मा अम्बा बोहरा र उनका दुई छोराको छाउपडीमा भएको मुत्युबारे घटनास्थल अध्ययनका लागि बाजुराको अंगुपानी पाण्डुसेनतर्फ लागेको थियो।

‘हाम्रो टोली भारी हिमपातका कारण धमकन्नेबाट अघि बढ्न सकेन, डोजरले समेत सडक खुलाउन सकिरहेको थिएन,’ उपसमितिले तयार पारेको रिपोर्टमा भनिएको छ। समितिले वडा अध्यक्ष, मृतक महिलाका श्रीमान् र गाउँलेहरूलाई अर्को गाउँमा बोलाएर छलफल गरेको समितिका सदस्य सांसद लालबहादुर थापाले जानकारी दिए।

थापा सोही जिल्लाबाट निर्वाचित भएका थिए। समितिले अध्ययनका क्रममा पाँचदिन फिल्ड भ्रमणमा बिताएको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसमध्ये दुई दिन जिल्ला सदरमुकाम र आधा दिन घटना भएको गाउँको नजिकै बिताएको थियो।

अध्ययनका क्रममा सांसदहरूले धमकन्नेमा साढे दुई दिनको अवधिमा नौ जनासँग छलफल गरी उनीहरूका कुरा सुनेका थिए। रिपोर्टमा स्वास फेर्न कठिन भएका कारण मृत्यु भएको जनाइएको छ।

‘टोलीमा एकजना म पनि थिएँ, प्रमुख जिल्ला अधिकारीले विस्तृत रिपोर्ट तयार पारिदिने बताउँदा र प्रहरीले भारी हिमपात भइरहेको बताइरहँदा समेत हामी घटनास्थलको नजिकै पुग्यौँ,’ थापाले आफ्नो बचाउ गरे।

अझ अनौठो विषय त के छ भने समितिले छाउपडीविरुद्धको अभियान सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरू जिल्ला सदरमुकाममा सीमित भएको आरोप लगाएको छ। अधिकांश गैरसरकारी संस्थाले आफ्नो कार्यक्रम अनावश्यक क्षेत्रमा केन्द्रित गरिरहेका छन्, उनीहरूको कार्यक्रम छाउपडी प्रभावित क्षेत्रमा पुगेको छैन,’ स्थलगत रिपोर्टका संयोजक सांसद गणेशसिंह ठगुन्नाले भने, ‘छाउपडीलाई अपराध घोषणा गरिसकेपछि पनि हामीले कुनै परिवर्तन पाएनौँ।’

संसदीय समितिले तयार पारेको रिपोर्टमा अर्को वर्ष छाउपडीविरुद्ध वर्षैभरि अभियान सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 10:07:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।