नेपालमा लघु महाचील वढीमा ७० वटामात्रै


Kshamadevi Group


सङ्कटापन्न लघु महाचीलको रहनसहनको अध्ययन शुक्रबारबाट सुरु भएको छ। मुसा खाएर खेतीपातीमा किसानलाई सघाउने हुँदा लघु चीललाई ‘किसानको साथी’ पनि भनिन्छ।

पहिलो चरणमा शुक्रबारबाट लुम्बिनी क्षेत्रका लघु महाचीलमा स्याटलाइट ट्रान्समिटर जडान थालिएको वरिष्ठ चराविज्ञ डा.तुलसी सुवेदीले बताए। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

लुम्बिनीपछि कोशी क्षेत्र र त्यसपछि धनुषा क्षेत्रमा लघु महाचीलको अध्ययन गर्न ट्रान्समिटर जडान गरिने उनले बताए।

डा.सुवेदीसहित वरिष्ठ चराविज्ञ डा.हेमसागर बराल, चराविद् सन्देश गुरुङ तथा प्राविधिक सहितको टोली यतिबेला काठमाडौँबाट लुम्बिनी पुगेर लघु महाचील खोजीमा जुटेको छ।

महाचील प्रजाति अन्तर्गत पर्ने लघु महाचीलको बासस्थान राम्रो रहेको मानिने सो क्षेत्रमा यसअघि उसको आहारा तथा आनीबानीबारे अध्ययन भएको थियो।

सोलार शक्तिबाट चल्ने ट्रान्समिटरमा जडान गरिएको जीपीएस सिस्टमले चीलको गति, पुगेको स्थान र गतिविधिबारे जानकारी गराउने उनले बताए।

जम्मा ४० ग्रामको ट्रान्स मिटरको सहायताले विश्वका जुनसुकै कुनाबाट इन्टरनेटको माध्यमबाट चीलको अध्ययन गर्न सकिन्छ।

चीलका २२ जातिमध्ये महाचील प्रजाति अन्तर्गत जीवाहार महाचील, राज महाचील, गोमाइ महाचील, रणमत्त महाचील, सुवर्ण महाचील र लघु महाचील गरी छ प्रजाति छन्।

लघु महाचील सहितका यी छ प्रजातिका चील आईयूसीएनमा विश्वकै सङ्कटापन्न चराको सूचीमा सूचीकृत छन् । सन् २०१६ को एक अध्ययन अनुसार नेपालमा लघु महाचीलको सङ्ख्या करिब ३० देखि ७० रहेको छ।

स्तनधारी साना जीवको सिकार गर्ने सिकारी चराका रूपमा लघु चीललाई लिइन्छ । नेपाल र भारतीय महाद्वीपमा पाइने लघु महाचीलको आवतजावत र रहनसहनको अवस्था बुझ्न यसरी अध्ययन सुरु गरिएको वरिष्ठ चराविज्ञ डा. हेमसागर बराल बताउँछन्।

यसरी अध्ययन गर्दा लघु चीलको संरक्षणका लागि योजना बनाउन सहज हुने उनले बताए । “नेपालमा मात्र बस्छ वा अन्यदेशमा पनि विचरण गर्छ भन्ने अन्योल छ,” बरालले भने, “कता जान्छ, के गर्छ, बच्चा कसरी कोरल्छ आदि तथ्याङ्क थाहा पाउन अध्ययनले सघाउँछ।”

चार किलोदेखि पाँचकिलोसम्मको तौल हुने लघु महाचीलको आहारा विनास यसको सङ्कटको मुख्य कारण मानिएको छ।

जमिनको खण्डीकरण, वन विनास, परम्परागत अर्गानिक खेतीको सट्टा विषादीको प्रयोग जस्ता कारणले लघु महाचीलको बासस्थानमै सङ्कट आएको विज्ञहरुले बताएका छन्।

लघु महाचील बाहेक नेपालमा राज महाचील सबैभन्दा कम करिब १० वटा मात्र छन्। त्यसपछि रणमत्त महाचील १० देखि ३५ र जीवाहार महाचील २० देखि १००, गोमायु महाचील १० हजारदेखि २० हजार र सुवर्ण महाचील १०० देखि २०० रहेका छन्।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 08:37:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।