रात्रीकालीन काठमाडौँः यौनकर्मी पुरुष खोज्न स्कुटर लिएर आउँछन् युवती !


Kshamadevi Group


संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्।

फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ।

शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य
‘जाने हो?’
स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो।

जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन

रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ।

डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ।

रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ।

प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ।

प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।

रत्नपार्क
‘दाइ जाने हो’
‘कति ?’ १३००, होल नाइटको ५०००
‘रुमको यसैमा!’
रत्नपार्क आसपास राती ९ बजे कानमा ठोकिएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन्।

यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन्।

काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौनकर्म र अपराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ।

भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ । मनोरञ्जनको रंगिन दुनियाँमा रमाउँदै गर्दा समाजमा बढेका यस्ता नकारात्मक गतिविधिले राजधानी विकृतिको नमुना सहरका रूपमा विकसित हुँदै गएको छ।

स्कुटीमा सर्भिस
दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगी तथा यौनकर्मी महिलाको बिगबिगी हुने गरेको छ । एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन्।

पछिल्लो समय यौनकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पु¥याएर धन्दा चलाउने गरेको देखिएको छ । यौनकर्मीले यसलाई पेसाकै रूपमा प्रयोग गरेका छन् भने अपराधमा समेत संलग्न हुने गरेका कारण र सोही आम्दानीबाट स्कुटीमा सर्भिस दिने अवस्थामा पुगेको प्रहरीको दाबी छ।

 

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 09:03:59
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।