७० पुगेका झलनाथले भने- म ५० वर्ष जस्तो देखिन्छु !


Kshamadevi Group


झलनाथ खनाल
झलनाथ खनाल

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चैत ५ देखि ७० वर्षमा लागे।

उमेर सात दशक पुगेको अवसरमा उनले नयाँ जुक्ति निकाले– एकल शब्द रचनामा दोस्रो गीति एल्बम बजारमा ल्याउने।

यसकै अवसर जुरेको थियो, शनिबार। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली।

पार्टीका शीर्ष नेताको बाक्लो उपस्थितिसँगै खचाखच दर्शकका अगाडि खनाल बोले, ‘म ७० वर्ष पुगें । तपाईंहरूलाई विश्वास लाग्दैन होला तर म अझै ५०–६० तिरै छु जस्तो लाग्दै छ।’

उनी २००६ सालमा इलाममा जन्मिएका हुन् । उनलाई ७० वर्षमा पाइला टेकेको विश्वास लागेको रहेनछ । उनले आफ्ना नौ गीत संग्रहित ‘परिवर्तनका स्वरहरू–२’ लोकार्पण कार्यक्रममा ‘तन्नेरीपन’ देखाउन खोजे।

‘म अझ कम्तीमा १५ वर्ष युवा अवस्थामै रहन्छु जस्तो लाग्छ’, उनले भने । उनले यसो भनिरहँदा हल हाँसोले गुञ्जिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

खनालपछि बोल्ने पालो आयो प्रधानमन्त्री ओलीको । उनी के कम उनले सुरुमै खनालको युवा मनको प्रशंसा गदै दर्शकलाई हँसाए।

‘गीतकार मात्रै होइनन् जेएन कमरेड, यो कार्यक्रमका पनि रचनाकार हुनुहुन्छ’, उनले भने, ‘युवा मनका, जन्मले जन्तरे, कवि÷गीतकार झलनाथ खनाल नेता त भन्नै परेन । पार्टीका पूर्वअध्यक्ष भइसक्नुभएका, पूर्वप्रधानमन्त्री भइसक्नुभएका र लामो समय पार्टीलाई नेतृत्व गरेका व्यक्ति हुनुहुन्छ।’

खनालले २०६२÷६३ को आन्दोलनपछि ‘अभूतपूर्व अवसर’ आएको उल्लेख गरेका थिए । सरकारको नेतृत्वकर्ताले राजनीतिक र आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्ने सुझाव उनले दिएका थिए ।

खनालको गीति एल्बम जनसांस्कृतिक महासंघले बजारमा ल्याएको हो । एल्बमका गीतमा मिलन तिमल्सिनाले संगीत भरेका छन । यम बराल, खुमन अधिकारी, पूर्णकला बीसी, मिलन नेवार, धीरेन्द्र लकान्द्री, अञ्जु घिमिरे, दीपक लिम्बूलगायतले स्वर दिएका छन्।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 08:44:00
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।