नेपालले वेवास्ता गरेका तर चीनले चिनेका यी हुन् नेपाली वैज्ञानिक


Kshamadevi Group


नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्।

पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन।

अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा।

युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन्।

उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन्।

चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरेको छैन। यो खबर आजको नागरिक दैनिकमा वेइजिङबाट चेतनाथ आचार्यले लेखेका छन्।

यतिबेला चीनमा झन्डै एक दर्जन नेपाली वैज्ञानिक कार्यरत छन्। चीनमा कार्यरत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन्त। र नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन।

चीनमा कार्यरत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् तर नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन। चीनमा शिक्षा लिएपछि नेपाल गएर उनीहरुले काम गर्ने प्रयास नगरेका पनि होइनन्।

विडम्बना, नेपालमा हरेक क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे’ राख्ने परिपाटीले उनीहरुलाई दिक्क बनायो। अनि, उनीहरु फर्किए चीनमै।

भौतिक भूगोलमा पिएचडी गरेका वसन्त पौडेल पनि चीनमै पोस्टडक गरिरहेका छन्। उनको अनुसन्धानको क्षेत्र चीन, नेपाल र भारतको कोसीबेसिन क्षेत्रमा खेतीयोग्य जग्गामा बढ्दो बाँझोपनका कारण हुन्।

नेपालका लागि अत्यन्त काम लाग्ने विषयको खोज तथा अनुसन्धान उनी चीनमै बसेर गरिरहेका छन्। उनी पनि उपयुक्त अवसर पाएमा नेपालमै फर्केर आफ्नो ज्ञानको सदुपयोग गर्न चाहन्छन्।

नेपालमा विश्व विद्यालयबाहेक इसिमोड, आइयुसिएन, डब्लुडब्लुएफ, जाइका, युएनडिपी, जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र परियोजनामा यस प्रकारका वैज्ञानिकको ज्ञान प्रयोग हुनसक्छ। तर नेपालमा विज्ञापन खुलाउनुभन्दा पहिले ‘आफ्नो मान्छे’ खोजिन्छ र ‘आफ्नो मान्छे’ को योग्यताअनुसार विज्ञापन आह्वान गरिन्छ।

त्यस्तै बेइजिङबाट वातावरणशास्त्रमा पिएचडी गरेर चीनकै लान्चौबाट दुई वर्षको पोस्टडक गरी हाल लान्चौमै एसिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत लेखेन्द्र त्रिपाठी पनि नेपालमा काम गर्ने उपयुक्त अवसर पर्खेर बसेका छन्। उनी पछिल्लो समय नेपालको वायु प्रदूषणले तिब्बतमा पु¥याएको असरबारे अनुसन्धानरत छन्।

त्रिपाठीकी श्रीमती प्रकृति शर्मा पनि हावामा ‘वायोलोजिकल फ्याक्टर’ विषयमा बेइजिङबाट पिएचडी गरेर हाल लान्चौमै पोस्टडक गरिरहेकी छिन्। शर्मा आफूले पढेको विषयमा अनुसन्धान गर्ने प्रयोगशाला नेपालमा भरखरै स्थापना भएको बताउँदै भन्छिन् ‘केही प्रयोगशाला निजी क्षेत्रबाट सुरु भए पनि नास्ट र विश्वविद्यालयमा मेरो विषयले बृहत् रुपमा प्रवेश पाएका छैनन्।’

भूगर्भ विज्ञानमा बेइजिङबाट पिएचडी सकेर हाल पोस्टडक गरिरहेका भूपति न्यौपानेले पनि नेपालमा कोइलाको सम्भावनामा गहन अनुसन्धान गरेका छन्। उनले पाल्पा र दाङ जिल्लामा कोइलाको अनुसन्धान गरी केही नयाँतथ्य पत्ता लगाएका छन्। नेपालको कोइला सामान्य रुपमा प्रयोग भइरहेको छ।

बेइजिङकै चाइनिज एकेडेमी अफ साइन्सेसबाट सन् २०१५ मा वनस्पतिशास्त्रमा पिएचडी सकेका नवल श्रेष्ठ हाल पेकिङ विश्वविद्यालयमा कार्यरत छन्।

उनले पिएचडीको अनुसन्धानमा तीन नयाँप्रजातिका उन्यु पत्ता लगाएका छन्। पेकिङ विश्वविद्यालयमा पोस्टडक गर्ने श्रेष्ठ पहिलो नेपाली पनि हुन्। पोस्टडकमा उनले गुराँसको विषयमा अनुसन्धान गरेका छन्।

बेइजिङबाटै पिएचडी सकेका विपिनकुमार आचार्य क्वाङचौको सनयातसेन विश्वविद्यालयमा ‘इन्भायरोमेन्टल हेल्थ रिमोट सेन्सिङ’ विषयमा विशेषज्ञका रुपमा काम गरिरहेका छन्।

बेइजिङबाटै प्राकृतिक स्रोत व्यवस्थापनमा पिएचडी गरेका ध्रुवविजय जिसीले चीनमै वनस्पति इकोलोजीमा पोस्टडक गरिरहेका छन्। उनकी श्रीमती ज्योति भण्डारीले पनि घाँसेमैदान इकोलोजीमा पिएचडी गरी सोही विषयमा पोस्टडक गर्दैछिन्। उनीहरु दुवैजना अहिले चीनको क्वैचो प्रान्तको विश्वविद्यालयमा कार्यरत् छन्।

यसैगरी बेइजिङबाटै पिएचडी गरेका दिपेश रुपाखेती पनि लान्चौमा वातावरणशास्त्रमा पोस्टडक गरिरहेका छन्। बेइजिङमै पोस्टडक गर्ने अन्य वैज्ञानिकमा शालिकराम सिग्देल पनि हुन्। वनस्पतिशास्त्रमा ‘ट्रिलाइन’ मा पिएचडी गरेका उनी अहिले वनस्पति इकोलोजीमा पोस्टडक गदैंछन्।

कुनै बेला चीनमा पढ्न नाक खुम्च्याउने नेपालीका लागि यतिबेला चीन आकर्षणको केन्द्र बनेको छ। विगत केही वर्षदेखि नेपाली विद्यार्थीले पिएचडीमा चीनमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएका छन्। चीनमा बिकेका यी नेपाली वैज्ञानिकलाई घरमै अवसर दिन सके नेपालले उनीहरूबाट राम्रो उपलब्धि प्राप्त गर्न सक्छ।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 08:27:43
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।