डढेलोले विकराल रुप लिँदैः एकैदिन देशका १८७० ठाउँमा डढेलो


Kshamadevi Group


सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रूप लिएको छ ।

बस्तीछेउ, निकुञ्ज–आरक्षका जंगलमा धेरै डढेलो देखिएको छ । मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म देशभरि १ हजार ८ सय ७० ठाउँमा डढेलो लागेको जानकारी दिए ।

धेरै डढेलो चुरे क्षेत्रमा देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको ‘मोडिस’ भू–उपग्रहले ५४ जिल्लाका डढेलो तस्बिरमा कैद गरेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

‘मोडिस’का अनुसार सबभन्दा बढी डढेलो उदयपुर, पर्सा, सिन्धुली, धनुषा, बारा, रौतहट, चितवन, नवलपरासी, चितवन र सर्लाहीमा देखिएको हो।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने कम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर तापक्रम बढिरहेको छ । शनिबार अधिकतम तापक्रम ३३.३ डिग्री (डडेलधुरा) सम्म रेकर्ड भएको छ ।

डढेलो धेरै लागेका प्रदेश १ र २ का जिल्लामा पनि अधिकतम तापक्रम ३१.७ (मोरङ) सम्म छ ।

‘यस वर्ष चैतमै डढेलोको अवस्था देखेर हामी अचम्मित छौं,’ शर्माले भने, ‘यसले यस वर्ष धेरै डढेलो प्रकोपको संकेत गरेको छ । नियन्त्रणका लागि तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।’

९ वर्षअघि डढेलोबाट सबभन्दा बढी क्षति भएको थियो । सन् २००९ अप्रिल २५ मा देशका ३ सय ५८ स्थानमा डढेलो लागेको थियो । त्यसमा परेर ४९ जनाको ज्यान गएको थियो भने कयौं घाइते थिए । डढेलो निभाउने क्रममा रामेछापमा १३ सैनिकको ज्यान गएको थियो।

त्यसपछि सन् २०१६ को डढेलोमा ११ जनाको ज्यान जानुका साथै त्यति नै संख्यामा घाइते भएका थिए । त्यस वर्ष १३ लाख हेक्टर वन डढेको सरकारी तथ्यांक छ । सन् २०१७ मा भने प्रि–मनसुन छिटो सक्रिय भएकाले डढेलो फैलन पाएन ।

डढेलोविज्ञ शर्माका अनुसार नेपालमा ६४ प्रतिशत नियतवश, ३२ प्रतिशत लापरबाही र ४ प्रतिशत अन्य कारणले डढेलो लाग्ने गरेको छ । ‘वर्षैपिच्छे डढेलोले धेरै क्षति गरे पनि सरकारले नियन्त्रण र नियमनमा खासै ध्यान दिएको देखिन्न,’ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की अध्यक्ष भारती पाठकले भनिन् ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगाना भने डढेलो नियन्क्रणबारे चेतनामूलक कार्यत्रम र गोष्ठी गरिरहेको भन्दै सरकारको बचाउ गर्छन् । ‘डढेलो निस्तेज नै गर्ने क्षमता हामीसँग छैन,’ उनले भने, ‘विदेशमा जस्तो डढेलो निभाउन हेलिकप्टर र अन्य प्रविधि प्रयोग गर्न पनि सकिन्न।’

अध्ययनअनुसार सरकारले व्यवस्थापन गरेको राष्ट्रिय वनको तुलनामा समुदायले व्यवस्थापन गरेको वनमा डढेलोले कम क्षति गर्ने गरेको छ। समुदायले वन जोगाउन कार्ययोजनामै व्यवस्था गरेर कार्यक्रम चलाउने भएकाले क्षति कम हुने गरेको शर्माको बुझाइ छ।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 07:59:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।