यी हुन् पर्यटक तान्ने पुल


Kshamadevi Group


भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार देशभर २२०८ पक्की पुल छन् । थप १२५० पक्की पुल निर्माणाधीन छन् ।

त्यस्तै, देशभर ७०४८ झोलुंगे पुल छन् । १३८ झोलुंगे पुल निर्माणाधीन छन् । सञ्चालनमा रहेका केही पक्की र झोलुंगे पुल सहज यात्राका लागि मात्रै प्रयोगमा छैनन्, आकर्षक पर्यटकीय गन्तव्य पनि बनेका छन् ।

एउटै पिलरमा अडिएको कर्णाली पुल होस् वा कञ्चनपुरको महाकाली नदीमाथि बनेको झोलुंगे पुल, पर्वत–बाग्लुङ जोड्ने देशकै उचाइमा बनेको कुस्मा–बलेवा झोलुंगे पुलदेखि म्याग्दी रघुगंगाको लामो झोलुंगे पुलसम्मले पर्यटक लोभ्याएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

म्याग्दीमा देशकै लामो झोलुंगे पुल
म्याग्दीको रघुगंगा गाउँपालिका–१ का वेग र बाँदुक गाउँ जोड्ने यो पुल नेपालकै लामो झोलुंगे पुल हो । दुवैतर्फ अग्ला पहाडमा जोडेर बनाइएको पुल ३६५.८० मिटर लामो छ भने उचाइ १४८ मिटर छ।

बाँदुक र वेग गाउँ वारपार गर्न ३ घन्टा समय लाग्थ्यो । तर, पुल बनेपछि यात्रा ३० मिनेटमा छोटिएको छ।

गत वर्ष ३ करोड ३२ लाख लागतमा निर्माण सम्पन्न भएको पुल अहिले पर्यटकको चहलपहल केन्द्रसमेत बनेको छ। पर्यटक आवागमन बढेपछि वेगतर्फ पुलनजिकै खाना र खाजाका होटेल पनि खुलिसकेका छन् ।

पर्वतमा देशकै अग्लो झोलुंगे पुल
पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने यो झोलुंगे पुल देशकै अग्लो पुल हो । १ सय ६६ मिटर अग्लो पुलले पर्वतको चिनारी मात्रै फैलाएको छैन, यहाँ आइपुग्ने पर्यटकलाई मोहित पार्ने गरेको छ।

कालीगण्डकी नदीमाथि स्थानीयलाई सहज आवतजावतका लागि पुल बनेको हो । देशकै अग्लो पुलका रूपमा चर्चा पाएपछि पर्यटक पनि तानेको छ । २ फागुन ०७१ बाट सञ्चालनमा आएको पुल ३४७ मिटर लामो छ।

कैलालीमा एक पिलरमा अडिएको कर्णाली पुल
कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको यो पुल देशकै एक मात्र यस्तो पक्की पुल हो, जुन एउटै पिलरमा अडेको छ।

कैलाली र बर्दिया जोड्ने यो पुलको बीचमा ठूलो खम्बा छ । खम्बामा स्टिलका लठ्ठा जोडेर पुल अड्याइएको छ । पुलको सौन्दर्य नै यही हो।

चुरेको फेदीमा कर्णाली नदी बग्दै गरेको रमणीय स्थल र नदीमाथिको आकर्षक पुलले चिसापानी पुग्ने जोकोहीलाई रोकिन बाध्य पार्छ।

बर्दियामा देशकै लामो पक्की पुल
अत्यधिक धान फल्ने बर्दियाको राजापुरलाई अन्नभण्डारका रूपमा चिनिन्छ । यही क्षेत्र जोड्न कोठियाघाटस्थित कर्णाली (गेरुवा) नदीमाथि ८ असोज ०७१ मा पक्की पुल तयार भयो ।

१०१५ मिटरको यो देशकै लामो पक्की पुल हो । पुलले राजापुर क्षेत्रका नागरिकको जीवनयापन त सहज बनाएकै छ, बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकको मन पनि तानेको छ।

पुल हेर्न आउनेको संख्या बढ्दै गएको मधुवन नगरपालिका–३ कोठियाघाटका विष्णु लामिछाने बताउँछन् । त्यसैले पुलआसपासमा होटेल व्यवसाय पनि फस्टाउन थालेको छ । पुल क्षेत्रमा असोजदेखि फागुनसम्म वनभोज खान आउनेको भिडसमेत लाग्छ।

कञ्चनपुरमा झोलुंगैझोलुंगाको पुल
कञ्चनपुरको महाकाली नदीमाथिको दोधारा–चाँदनी झोलुंगे पुल एसियाकै लामोमध्येको एक हो । महाकालीपारि दोधारा–चाँदनीका जनतालाई जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्न पुल बनाइएको हो ।

तर, पुल निर्माणले नेपाली नागरिकलाई आफ्नै भूमिमा आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता मात्रै हटेको छैन, जिल्लाकै पर्यटकीय केन्द्र बनेको छ।

मल्टि सस्पेन्सन पुल भएकाले यो निकै आकर्षक छ । आँखाले भेटुन्जेलसम्म देखिने १४९६ मिटर लामो पुलमा बसेर महाकाली नदीको बगाइमा धेरै पर्यटक रामाउँछन् । सूर्योदय र सूर्यस्थका वेला पुल क्षेत्रमा मनमोहक दृश्य देखिन्छन् ।

सबैभन्दा लामो झोलुंगे पुल शिलान्यास
बाग्लुङको बांगेचौर र पर्वतको अदुवाबारी पाङ जोड्न ‘सिंगल स्पान’को सबैभन्दा लामो झोलुंगो पुल बन्दै छ।

५६७ मिटर लामो पुल निर्माण गर्न लागिएको हो । शुक्रबार मात्रै यो पुल शिलान्यास भएको छ । १२ करोडमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 08:00:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...