५० वर्षअघि निर्मित पूर्वपश्चिम राजमार्ग स्तरोन्नति सुरु, अब ८ लेन


Kshamadevi Group


पूर्व-पश्चिम राजमार्ग
पूर्व-पश्चिम राजमार्ग

मुलकुको लाइफलाइन मानिएको पूर्व-पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नति सुरु गरिएको छ।

पाँच दशकअघि निर्मित यस राजमार्ग विस्तार योजनाको प्रधानमन्त्री केपी ओलीले शुक्रबार बुटवल रामनगरमा शिलान्यास गरेका हुन्।

पहिलो चरणमा बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनको बनाइने भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा लक्ष्मण पोखरेलले लेखेका छन्।

बुटवलमा महेन्द्र राजमार्ग स्तरोन्नतिको शिलान्यस गर्दै प्रधानमन्त्री केपी ओलीलगायत।

बुटवलमा महेन्द्र राजमार्ग स्तरोन्नतिको शिलान्यस गर्दै प्रधानमन्त्री केपी ओलीलगायत।

सडक निर्माणपछि ठेकेदारले नै चार वर्ष मर्मतको जिम्मेवारी लिने गरी नयाँ प्रणाली लागू गरिएको छ। यसअघि ठेकेदारले एक वर्ष मात्रै जिम्मेवारी लिने व्यवस्था थियो।

बुटवल–नारायणगढ खण्ड दुई भागमा विभाजन गरिएको छ। पहिलो खण्ड पूर्वीनवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म साढे ६४ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म साढे ४८ किमि छ । दाउन्ने क्षेत्र जटिल भएकाले दुई/तीन लेनमा विस्तार गर्ने विभागको तयारी छ। सडक विस्तारपछि काठमाडौंसँगको दूरी घट्ने विश्वास गरिएको छ।

दाउन्ने पश्चिम र पूर्वएकैसाथ सडक निर्माण सुरु हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए। ‘यसपटक सडक निर्माणमा नौलो अभ्यास अपनाएका छौं। यसले सडकको गुणस्तर सुधार हुने विश्वास लिएका छौं’, उनले भने।

पहिलो खण्ड नारायणगढसम्म ४२ महिनाभित्र पूरा गर्ने गरी बुटवलबाट काम थालिएको हो। अन्य खण्डको पनि डीपीआर बनाउन सुरु गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोग रहेको यस खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले पाएको छ। ४२ महिनाभित्र योजना निर्माण पूरा गरी कम्पनीले चार वर्ष मर्मतको जिम्मा पनि लिनेछ।

सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । एसियाली विकास बैंकले उपलब्ध गराएको ऋणको समयावधि ३२ वर्ष रहेको छ। कुल लागतको ८५ प्रतिशत एडीबी र १५ प्रतिशत सरकारको लगानी रहनेछ। एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो। सडक विस्तारमा सहरी र जंगल क्षेत्रलाई विभाजन गरिएको छ।

सहरी क्षेत्रमा सर्भिस लेनसहित आठ लेन हुनेछ भने अन्य क्षेत्रमा चार लेनको एक्प्रेस लाइन बन्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। ‘अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारले सुरु गरेको योजना निर्माण चरणमा पुगेको हो’, उनले भने। आवादी नभएको स्थानमा चार र बस्ती भएको स्थानमा आठ लेनसहित पूर्वइलामदेखि पश्चिम कञ्चनपुरसम्म सडक विस्तार गर्ने सरकारको योजना छ।

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 07:38:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...