ओलीको ‘किचन क्याविनेट’ नै फितलो !


Kshamadevi Group


प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली
फोटोः प्रविन कोइराला

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो आइरहँदा उनका सत्ता सरथीका साथै राजनीतिक रुपमा नजिक भएर काम गरिरहको ‘किचन क्याविनेट’ को भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ।

३ फागुन ०७४ मा भारी बहुमतका साथ दोश्रो पटक सत्तारोहण गरेका ओलीबाट बहुसंख्यक जनताले धेरै क्षेत्रमा सुधारको आशा गरेका थिए। यो खबर आजको राजधानी दैनिकमा सुभाष शाहले लेखेका छन्।

तर, एक वर्षमा जनअपेक्षाअनुसार काम हुन नसकेको र क्याबिनेट (मन्त्रिपरिषद्)ले राम्ररी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले अधिकांश मन्त्री फेरबदलको तयारी थालेका छन्।

जनचाहनाअनुसार मन्त्रीहरूले काम गर्न नसकेपछि मन्त्रिपरिषद् नै पुनर्गठन गर्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीलाई उनका किचेन क्याबिनेटमै रहेका व्यक्तिहरूबाट पनि अपेक्षाअनुसार सहयोग र सुझाव प्राप्त हुन सकेको छैन।

प्रधानमन्त्रीलाई किचन क्याबिनेटका व्यक्तिबारेमा समेत गम्भीरतापूर्वक पूर्नविचार गर्नुपर्ने दबाब पर्न थालेको पार्टी निकट स्रोतले जानकारी दिएको छ । जनचाहना पूरा गर्नका लागि सरकारलाई सही सल्लाह नदिएकाले सल्लाहकारसमेत परिवर्तन गरी नयाँ ढंगले अगाडि बढ्नुपर्ने राजनीतिक विश्लेषकहरूको सुझाव छ।

सल्लाहकारहरू मुलुक निर्माणका लागि आवश्यक पर्ने योजनासहितका सुझाव दिनुभन्दा पनि जागिर पचाउनमै सीमित भएकाले पनि प्रधानमन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएको विश्लेषणसमेत गर्न थालिएको छ।

राजनीतिक विश्लेषकका अनुसार सत्ता सारथी, किचन क्याबिनेट, सल्लाहकार तथा सचिवालयमा रहेका नेता तथा कार्यकर्ताको स्पष्ट भिजन र कुशल समन्वयको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको हो।

प्रधानमन्त्री ओलीले हालसम्म आफ्नो सल्लाहकार टोलीमा चार जना मात्रै राखेका छन् । मुख्य सल्लाहकारमा विष्णु रिमाल, परराष्ट्र सल्लाकारमा डा. राजन भट्टराई, प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली मात्रै छन् । उनले विकास सल्लाहकार तथा प्रशासनिक सल्लाहकारमा कसैलाई पनि राख्न सकेका छैनन्। 

मन्त्रिपरिषद् पुनर्गठनसँगै सल्लाहकारहरू पनि हेरफेर गर्दा सरकारको काम प्रभावकारी हुन सक्ने विश्लेषकहरूको सुझाव छ । सल्लाहकार तथा सहयोगी राख्दा शासकीय स्वरूपका विभिन्न अवयवहरू बुझेका र विभिन्न समस्या समाधानका योजनासमेत बुन्न सक्ने व्यक्ति छनोट गर्नुपर्ने सुझाव विश्लेषकको छ।

प्रधानमन्त्री ओलीको पहिलो घेरामा रहेर सत्ता सारथीका रूपमा सबैभन्दा नजिक भएर काम गर्ने अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, प्रमुख सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलगायतको भूमिकामा समेत प्रश्न खडा भएको छ।

प्रधानमन्त्रीको निकट रहेर काम गरेका यी मन्त्रीहरूले आफ्नै मन्त्रालयमा पनि कार्यसम्पादन सशक्त र प्रभावकारी रूपमा गर्न सकेका छैनन् । यस्तै, प्रधानमन्त्रीको किचेन क्याबिनेटमा रहेर काम गर्नेहरूमा पार्टी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोख्रेल, निरु पाल छन्।

प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यलगायतको भूमिका पनि सन्तोषजनक देखिन सकेको छैन । प्रधानमन्त्रीका स्वकीय सचिवालय र निजी सचिवालय दुवै स्मार्ट बन्न नसकेको गुनासा आउन थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक डा. लोकराज बरालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री र उनको सल्लाहकार टिमले कुशलतापूर्वक काम गर्न नसक्दा सरकारको काममा परिणाम आउन नसकेको बताए।

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 07:01:02
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।