अब नागरिकतामा उपनाम पनि राख्न सकिने


Kshamadevi Group


संघीय संसद
संघीय संसद

नागरिकतामा इच्छाअनुसार उपनाम राख्न पाइने भएको छ।

प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबारको बैठकले यस्तो सहमति जुटाएको हो। यो खबर कान्तिपुर दैनिकले छापेको छ।

नागरिकतासम्बन्धी विधेयकमाथि दफावार छलफलका क्रममा भएको यो सहमतिले कुनै व्यक्तिले नामथरसँगै उपनाम पनि राख्न पाउने भएका हुन् । थर उल्लेख गर्न नचाहनेले नागरिकतामा आफूलाई उपनामबाट मात्र पनि चिनाउन सक्नेछन् । अहिले नागरिकतामा नाम र थर मात्र उल्लेख हुँदै आएको छ।

समितिले यसअघि नै आमाको नामबाट नागरिकता लिँदा बाबुको पुस्ट्याइँ गर्नु नपर्ने, महिला, पुरुष र तेस्रोलिंगीले पनि आफ्नो पहिचानअनुसारको नागरिकता लिन सक्ने र लिंग परिवर्तन गर्नेले चिकित्सकीय प्रमाण पेस गरे बदलिएको पहिचान खुल्ने नागरिकता दिने प्रावधानमा सहमति जुटाइसकेको छ ।

समितिले नागरिकता कसुर दण्डको विषयमा पनि सहमति जुटाएको छ ।

विधेयकको दफावार छलफलमा भाग लिन गएका गृहमन्त्री रामबहादुर थापालाई केही सांसदले हालै सरकारले निर्धारण गरेको मर्यादाक्रमबारे प्रश्न गरेका थिए ।

सांसद प्रेस सुवालले बहालवाला सांसदभन्दा पूर्वमन्त्रीलाई माथिल्लो मर्यादामा राखिएको समाचार आएको प्रसंग उठाए ।

मन्त्री थापाले पूर्वमन्त्रीभन्दा बहालवाल सांसद नै मर्यादामा माथि रहने स्पष्टीकरण दिएका छन् । उनले नयाँ मर्यादाक्रम चाँडै राजपत्रमा प्रकाशित गर्ने जानकारी दिए । बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रमाण नपुगी नागरिकता वितरण हुने गरेकाले त्यसमा कडाइ गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 09:47:43
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।