एसईई परीक्षाको तयारीमा सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी


Kshamadevi Group


प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन्।

उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन्।

दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन्।

उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत भ्याउँदिनन्।

‘अहिले सबैजसो विषयमा ट्युसन क्लास लिएकी छु, पहिलेभन्दा धेरै सहज बनेको छ । दिनभरि पढाइमा व्यस्त हुन्छु । राजनीतिक कार्यक्रममा गएकी छैन,’ सांसद चौधरीले भनिन्, ‘स्कुलमा गएर पढ्नु राम्रो हो । त्यो गर्न नसके पनि घरमा बसेर अध्ययन गर्छु । नजानेका कुरा सम्बन्धित विषयका शिक्षकसँग सोध्छु।’

वर्षभरि उनी राजनीतिक काममा व्यस्त रहिन् । पढाइका लागि समय मिलाउन पनि उनलाई अप्ठ्यारो थियो । विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन। तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी।

‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्, ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु।’

सचेतकको जिम्मेवारीमा रहेकी उनी नियमित संसद् बैठकमा उपस्थित हुनुपर्छ । संसद्भित्रका गतिविधिलाई उनले विशेष ध्यान दिनुपर्ने दायित्व छ । ‘पढाइप्रतिको दृढताले समयको व्यवस्थापन गर्न कोसिस गर्छु,’ उनले भनिन्, ‘बढी उमेरका मानिसमा बिर्सिने समस्या हुन्छ । अलि ढिलो बुझ्ने हुन्छ । तर, पनि भित्री इच्छाका साथ पढ्नुपर्छ भनेर होला मेरो पढाइ सन्तोषजनक छ, यसमा खुसी लाग्छ।’

सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उनले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आएकी छन् । तर, पीएचडी गर्ने सोच एसईईमा कस्तो नतिजा आउँछ, त्यसमा भर पर्ने उनी बताउँछिन् ।

‘एसईईमा कस्तो ग्रेड आउँछ । कलेज पढ्न पाउँछु कि पाउँदिन । राम्रो ग्रेड आए पढ्छु । पीएचडी गर्छु त भनिराछु,’ उनले थपिन्, ‘हेरौं, त्यो त समयले बताउने कुरा हो । अहिलेको एसईईमा कस्तो नतिजा आउँछ त्यसमा भर पर्छ।’

‘हामी कानुन बनाउने ठाउँमा छौं । कानुन बनाउँछौं । हामीले कानुन बनाउने हो । कानुन बनाउँदा हामीसँग शिक्षा छैन । कानुनी कुरा बौद्धिक स्तरबाट हुन्छ,’ सांसद चौधरीले भनिन्, ‘देशका लागि कानुन बनाउने ठाउँमा पुगेको मान्छे । पढाइ नहुँदाका समस्या मैले भोगेको छ । नपढेका मानिसले केही गर्न सक्दैनन् भन्ने होइन । पढ्दा सहज हुन्छ । संविधान पढ्ने कुराहरू संविधानका बुँदामा के छन् भन्ने कानुनका कुरा पढ्नुपर्ने हुँदा पढाइ सुरु गरेकी हुँ।’

पहिलोपटक संविधान सभामा समानुपातिक सांसद बनेकी उनले संसदीय सभापतिको भूमिका पाइन् । समिति सभापति बनेपछि उनमा ठूलो जिम्मेवारीबोध भयो। आफूले अध्ययन नगरेको हुँदा अध्ययनबिना तर्क–वितर्क गर्न उनलाई कठिन भयो।

समितिमा रहेका अन्य सांसदले अध्ययन नै नगरेको भनी हेय दृष्टिले हेर्न थाले । आफूले अध्ययन गर्न नसक्दा समस्या उत्पन्न भएपछि उनले आफ्नो अध्ययन अघि बढाउने निश्चय गरिन् । घरमै छोरा र छोरीसँग स्वअध्ययन गर्न सुरु गरिन् । आफूले अब विद्यालय पुगेर अध्ययन गर्ने निश्चित भएपछि उनी विद्यालयमा आफ्ना लागि कति कक्षा उपयुक्त हुने भनी प्रि परीक्षा दिन पुगिन् । शिक्षकले उनको पढाइलाई मध्यनजर गर्दै उनलाई कक्षा ८ मा भर्ना लिने निष्कर्षमा पुगे।

विद्यालयमा कक्षा ८ मा भर्ना हुन पाउने भएपछि उनलाई अझ चुनौती थपियो । हरेक वर्ष हुने परीक्षामा सामेल हुँदै जसरी पनि एसईई परीक्षाको तयारी गर्ने रु यो वर्षको एसईईमा सामेल हुन लागेकी उनी अध्ययनबिना केही सम्भव नहुने भन्दै आफ्नो अध्ययनमा जुटेकी छन्।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 08:03:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।