बच्चालाई पर्याप्त दूधको लागि आमाले के खाने ?


Kshamadevi Group


बच्चालाई स्वस्थ र तन्तुरुस्त पार्ने सबैभन्दा उत्तम आहार आमाको दूध हो।

स्तनपानले सुत्केरी आमा र बच्चा दुबैको स्वास्थ्यका लागि सकारात्मक भूमिका खेल्छ।

यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा बालरोग विशेषज्ञ डा.विमललाल कर्णले लेखेका छन्।

बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्छ। त्यसपश्चात दूधसँगै अन्य ठोस खानेकुरा पनि खुवाउन सकिन्छ।

प्रायः सुत्केरी भएको दुई तीन दिनसम्म दूध नआउन सक्छ। बिस्तारै बच्चाले चुस्न थालेपछि आमाको दूध पनि बढ्दै जान्छ।

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ, यो गलत हो। बच्चालाई समय समयमा दूध चुसाइरहने हो भने आमाको दूध बच्चालाई पर्याप्त हुन्छ।

यदि बच्चाले १५ मिनेट जति तगातार दूध चुस्छ र एक डेढ घन्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ। यसका लागि आमा स्वस्थ हुन आवश्यक छ।

सुत्केरी आमाका लागि झोलिलो खानेकुरा एकदमै आवश्यक हुन्छ। जसका लागि ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ।

माछामासु, सागपात, फलफूलजन्य खानेकुराले पनि दूध वढाउँछ।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 07:15:09
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...