नेपाली सेनाले भन्योः विप्लव समूहमाथि वल प्रयोग होइन, राजनीतिक समाधान खोज


Kshamadevi Group


नेपाली सेनाको लाेगो
नेपाली सेनाको लाेगो

नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ।

नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपर्युक्त हुने सुझाब सरकारलाई दिएको हो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाव सरकारलाई दिएको स्रोतको दाबी छ। सिके राउतको विखण्डनकारी अजेन्डासमेत राजनीतिक रुपबाटै व्यवस्थापन भएको भन्दै नेपाली सेनाले विप्लव समूहलाई पनि सोही अनुसारको व्यवहार गर्नु उपयुक्त हुने जनाएको छ।

‘विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लाग्नुअघि नै हामीले राजनीतिक मुद्दा राजनीतिक रुपबाटै समाधान हुनुपर्ने सुझाव दिएका छौं,’ उच्च सैनिक स्रोतले भन्यो, ‘२० वर्षे माओवादी द्वन्द्व र अन्य समूहका गतिविधि पनि राजनीतिक सम्झौतामै गएका टुंगिएको नजिरलाई पनि सेनाले स्मरण गराइसकेको छ।’

नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले पनि नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा सेना रहेको बताए। ‘राजनीतिक विषयलाई बल प्रयोगबाट भन्दा वार्ता र सहमतिमा टुंग्याउनुपर्छ, यो नै सबैभन्दा उपयुक्त विकल्प हो,’ उनले भने, ‘द्वन्द्व व्यवस्थापनसम्बन्धी विगतका नजिरले पनि असन्तुष्ट पक्षलाई वार्ता र सहमतिबाटै टुंगोमा पु¥याएको स्पष्ट छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका गतिविधिलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु दुई साताअघि फागुन १४ गते नै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उक्त समूहबाट हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा संयुक्त सुरक्षा फौज तैनाथ गराउने निर्णय लिएको थियो।

उक्त बैठकमै सेनाले बल प्रयोगबाट भन्दा राजनीतिक समाधान खोज्नु नै सबैका लागि उपयुक्त हुने जनाएको थियो। नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि महासचिव विप्लवलगायत नेता–कार्यकर्ता भूमिगत भइसकेका छन्। उनीहरुका गतिविधिमाथि सेनाले सूक्ष्म निगरानी बढाएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 06:31:11
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...