भण्डै पाँच करोड बक्यौता नबुझाइ विदेशी एयरलाइन्सहरु बेपत्ता


Kshamadevi Group


नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन्।

ती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन।

नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलाइन्स सम्पर्कविहीन छन् । यो खबर कान्तिपुरले छापेको छ।

बक्यौता रकम जहाज अवतरण ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो।

बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावलीले विमानस्थल प्रमुखलाई दिएको छ । तर वर्षौंदेखि विमानस्थल प्रमुखहरू यो नियम लागू गर्न सकिरहेका छैनन्।

प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने अधिकार महाप्रबन्धकलाई छ । तर बक्यौता नबुझाउने विदेशी एयरलाइन्सको जहाज काठमाडौंमा ग्राउन्डेड गरिएको छैन।

संघीय संसदको सार्वजनिक लेखा समितिले प्राधिकरण र विमानस्थललाई सार्वजनिक लेखा समितिलाई कार्ययोजना बनाई तुरुन्त बक्यौता उठाउन आइतबार निर्देशन दिएको थियो।

लेखा समितिका अनुसार नेपालमा उडान बन्द गरेर सम्पर्कविहीन भएकामा एयर सहारा जेटलाइट, अस्ट्रिन एयरलाइन्स, बहाराइन एयरलाइन्स, बर्मा एयरवेज, कोलोसस एयर, जीएमजी एयरलाइन्स, गल्फ एयर, हङकङ एक्सप्रेस, किंगफिसर एयरलाइन्स, लुफ्थान्सा एयर, ओरियन्टल थाई एयरवेज, पाकिस्तान एयरलाइन्स, र्‍याक एयरवेज, सिंगापुर एयरलाइन्स, स्पाइसजेट एयरलाइन्स, तुई एयरलाइन्स र युनाइटेड एयरवेज छन्।

बन्द भइसकेका स्वदेशी १० वटा एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्कविहीन छन् । तिनले मात्रै बुझाउनुपर्ने रकम ८ करोड ४७ लाख छ । सबैभन्दा धेरै नेकोन एयर इन्टरनेसनलको ४ करोड ६३ लाख बक्यौता छ । आन्तरिक उडानमै आएको निजी क्षेत्रको कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ।

हाल सञ्चालनमा रहेका ३० वटा विदेशी एयरलाइन्स र १४ वटा आन्तरिक एयरलाइन्स पनि बेलैमा रकम नतिर्ने सूचीमा छन् । विमानस्थलको कर्पोरेट महाशाखाले केहीलाई पत्राचार गर्नेबाहेक अन्य कडाइ गरेको छैन।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 05:35:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।