के मातृका यादव मन्त्री पदबाट हट्दैछन् ?



उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको स्पष्ट संकेत दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाको अनुगमनमा मातृकासहित आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका छन्।

कमजोर देखिएका मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्शसमेत गरिसकेका छन्। यो खबर आजको नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन्।

दाहालले पनि परिवर्तनका लागि ओलीसँग सहमति जनाएका छन्। दाहालले यही फागुन २८ गते विराटनगर पुगेर सरकारलाई थप गतिशील बनाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आफूसँग छलफल गरेको र आफूले सहमति जनाएको बताएका थिए।

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे।

मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे। शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे।

मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे।

‘म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्’, उनले भने, ‘मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।’

आफू मन्त्री पदबाट बाहिरिए पनि बाँकीको ४ वर्ष सांसदका रुपमा र आम नागरिकका रुपमा उपभोक्ताको क्षेत्रमा काम गरिरहने प्रतिबद्धता जनाउँदै यादवले थपे, ‘मलाई कति बेला के लाग्छ भने मन्त्री नभएर सांसद नै रहेको भए बढी काम गर्थें होला। मन्त्री भएपछि बोल्न पनि नपाइने। म पहिलेजस्तो मातृका छैन्।’

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 08:05:20
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।