यी हुन् व्यावसायिक घरानाका कान्छो पुस्ता



वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौँदेखि स्थापित व्यावसायिक घराना हुन् ।

यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् ।

अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् । सभाना वैद्यदेखि अक्षय गोल्यान र आरजु बस्नेतसम्म व्यावसायिक घरानामा जन्मिएर व्यवसायमै समर्पित भएका केही उदाहरण हुन् । आजको नयाँ पत्रिका दैनिकमा नवीन अर्यालले ठूला व्यावसायिक घरानाका पढेलेखेका २० तन्नेरीको विषयमा लेखेका छन्।

सभाना वैद्य, वैद्य अर्गनाइजेसन
वैद्य अर्गनाइजेसन टोयोटा गाडी, चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य सिमेन्ट उद्योग खोल्न कस्सिएर लागेका छन् । तर, छोरी सभानालाई परिवारले गरिरहेकोभन्दा फरक व्यवसायमा जोखिम मोल्ने रहर छ । झन्डै एक दशक अमेरिकामा बस्दा पाँच वर्षजति होटेल र रियल स्टेट कम्पनीमा काम गरिन् । त्यसैले हस्पिटालिटीमै छुट्टै पहिचान बनाउने उनको योजना छ ।

आरजु र आस्था बस्नेत, बुद्ध एयर प्रालि
वीरेन्द्रबहादुर बस्नेतको अवकाशपछि बुद्ध एयरको व्यवस्थापन आरजु र आस्थाको काँधमा आउने निश्चित छ।

अहिले यी दिदीबहिनी व्यवसायमा एक हदसम्म सिकाइकै क्रममा छन् । सानैदेखिको सोखका कारण आरजु बुटिकतिर केन्द्रित छिन् । त्यसो त आस्था पनि सुरुमा बुटिकमै थिइन् ।

तर, दिदीलाई बुटिक सुम्पिएर उनी बुबालाई साथ दिँदै २०१७ जनवरीदेखि विमान कम्पनीमै लागिन् । बुद्ध एयरको बनारस उडानमा आस्थाको भूमिका अग्रणी छ । उनले बनारस पुगेर बजार अध्ययन गरिन्, मार्केटिङ गरिन् ।

अभिमन्यु गोल्छा, गोल्छा अर्गनाइजेसन
अभिमन्यु गोल्छालाई अमेरिकामा मेकानिकल इन्जिनियर बनेर नेपाल फर्किने सोच थिएन । सानैदेखि गाडीका सौखन उनलाई अमेरिकामै चल्तीको अटोमोटिभ कम्पनीमा जागिर खाने रहर थियो ।

तर, नेपालमा परिवारले झन्डै तीन दर्जन कम्पनी चलाएर २० हजारलाई रोजगारी दिइरहेको थियो । यो अवस्थामा बुबा शेखर गोल्छाको चाहना छोरो नेपाल फर्कियोस् र व्यवसाय सम्हालोस् भन्ने थियो । शेखरले छोरालाई स्वदेश फर्किन सम्झाई–बुझाई गरे।

अन्ततः अभिमन्यु सहमत भए । देश फर्किएर पारिवारिक व्यवसाय सम्हालेको एक वर्ष भइसकेको छ । बजाज थ्री ह्विलर्सको व्यवसाय उनै हेर्छन् । आफ्नै अगुवाइमा युरोग्रिप टायर आयात गरी बिक्री सुरु गरेका छन्।

अनुज्ञा गोल्छा, गोल्छा अर्गनाइजेसन
सुरेन्द्र गोल्छाकी छोरी अनुज्ञाले एक वर्षदेखि परिवारको हुलास वेलनेस कम्पनीको व्यवस्थापन हेर्दै छिन् । यो कम्पनीले स्टिलजन्य वस्तु, घरायसी विद्युतीय उपकरण र खाद्यान्न उत्पादन गर्छ ।

तर, अनुज्ञाको रुचि भने एनिमेसनमा छ । भारतको पुनेबाट साइकोलोजीमा ब्याचलर सकेर मुम्बईबाट थ्रिडी मोडलिङ कोर्स गरेकी उनी भविष्यमा राम्रो एनिमेसन कम्पनी सञ्चालन गर्ने सोचमा छिन् ।

एकता र कोमल गोल्छा, गोल्छा अर्गनाइजेसन
रामलाल गोल्छाका नाति राजकुमारका दुई छोरी एकता र कोमल व्यवसायमा छिरिसकेका छन् ।

एकताले आइटी कम्पनी चलाइरहेकी छिन् । उनले साढे दुई वर्षअघि खोलेको डेल्टा टेक कम्पनीले सफ्टवेयर उत्पादन गर्छ । बहिनी कोमलले भने बुबाको बिजनेस सम्हालिरहेकी छिन् ।

यशु श्रेष्ठ, मनकामना केबलकार
गोरखाको मनकामना मन्दिरमा केबलकार सञ्चालन गरेर नेपाली पर्यटनमा नयाँ आयाम थपेका दिवंगत लक्ष्मणबाबु श्रेष्ठको विरासत नातिनी यशु श्रेष्ठले सम्हाल्न थालेकी छिन् ।

उनले मनकामना दर्शन प्रालिको सेल्स एन्ड मार्केटिङ विभाग सम्हालेको दुई वर्षभन्दा बढी भयो । बुबा राजेशबाबु श्रेष्ठले केबलकारको सेल्स र मार्केटिङको सम्पूर्ण जिम्मेवारी छोरी यशुलाई सुम्पिसकेका छन् ।

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 07:37:54
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।