यी किसानले गरे साढे सात लाख खर्चेर छोराको बिहेमा दुईवटा प्लेन चार्टर



बुद्ध एयर
बुद्ध एयर

सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ ।आर्थिक रूपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् ।

तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन्।

धनकुटा महालक्ष्मी नगरपालिका-८ मूर्तिढुंगाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुईवटा प्लेन चार्टर गरेका हुन्।

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । धनकुटाको यो खबर आजको नयाँ पत्रिका दैनिकमा सन्तोष रुचालले लेखेका छन्। 

२९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए ।

दिनेश थापा फार्मेसीमा पूर्वाञ्चल टपर
नगेन्द्र कृषि र व्यापार व्यवसायमा संलग्न छन् । उनी अलैँची किसानका रूपमा परिचित छन्। धनकुटाको सिँधुवा बजारनजिक रहेको मूर्तिढुंगा तरकारीको राजधानी नामले चिनिन्छ । थापाको अहिले सिँधुवा, हिले, धरानलगायतका विभिन्न सहरमा निजी घर छन्।

‘छोराको विवाहमा काठमाडौं जन्ती जाँदा-आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएका हुन्,’ बेहुलाका बुबा नगेन्द्रले भने, ‘त्यसका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।’

गाउँका इष्टमित्रलाई कहीँकतै भ्रमणमा लैजाने आफ्नो इच्छा पहिलेदेखि नै भएकाले छोराको विवाहको अवसर पारेर प्लेन चार्टर गरेर काठमाडौं लगेर ल्याएको थापाले बताए । उनले भने, ‘मैले जन्ती लैजाँदा समाजका सबै उमेर समूह समेटेर समावेशी हिसाबले लगेको थिएँ।’

साइन्समा बिएस्सी गरेका दिनेश अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् । नगेन्द्रकी बुहारी प्रज्ञा सुवेदी भने काठमाडौंको लक्ष्मी बैंकमा जागिरे छिन् ।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 08:58:22
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...