सामाजिक सुरक्षा कार्यक्रमः समेटिन किन हिचकिचाए रोजगारदाता?



रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन् ।

मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन्।

सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो।

असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून छ। मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान छन् ।

तीमध्ये हालसम्म २१ सय ३० रोजगारदाता मात्र सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रमबारे बुझाउनै नसकिएको स्विकारे। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका हुन्।

‘योगदानकर्ताले यसलाई सञ्चय कोष र नागरिक लगानी कोषसँग तुलना गरेको पाइयो,’ उनले भने, ‘यो कार्यक्रम दीर्घकालका लागि ल्याइएको हो।’

कोषमा रोजगारदाताको २० र श्रमिको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुन्छ। योगदानकर्तालाई कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजनाका सुविधा दिइनेछ।

श्रमिकलाई ६० वर्ष नाघेपछि आजीवन पेन्सन, आश्रित परिवारलाई ६० प्रतिशत पेन्सन, बालबच्चाको शिक्षाका लागि ४० प्रतिशत भत्ता, व्यवसायजन्य रोग तथा दुर्घटनाका सम्पूर्ण खर्च भुक्तानी, अंगभंग श्रमिकलाई आजीवन पेन्सन सुविधा यसमा छ ।

रोजगारदाताले कार्यक्रमहरू स्पष्ट नभएको आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले पेन्सन प्रणालीमा जाँदा श्रमिकले हाल खाइपाई आएको सेवासुविधा के हुने? रोजगारदाता अलग भएमा कसरी पाउने? विदेशी श्रमिकलाई संलग्न गराउने कि नगराउने ?

कर्मचारी सञ्चय कोषले दिएको सुविधा कोषबाट दिने कि नदिने भन्ने विषय स्पष्ट नभएको जनाएको छ। महासंघका उपाध्यक्ष शेखर गोल्छाले प्रतिष्ठानलाई मात्रै जिम्मेवार बनाउनु गल्ती भएको बताए।

‘नैतिक रूपमा रोजगारदाता जिम्मेवार छ तर सफल कार्यान्वयनका लागि श्रमिक आफैं जानुपर्ने व्यवस्था गरिदिनुपर्थ्यो,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त कँडेलका अनुसार कोषमा सरकारको योगदान छैन । ‘यसमा सरकारी योगदान हुनुपर्ने हो,’ उनले भने, ‘अब सामाजिक सुरक्षाबापत एक प्रतिशत कर काट्नु हुँदैन।’

अर्थ मन्त्रालयले राखेको सामाजिक सुरक्षा कर सामाजिक सुरक्षा कोषमा पठाएको छैन । बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कोषमा सहभागी हुँदा खाइपाई आएको सुविधा नपाइने हो कि भन्ने चिन्ता रहेको बताए । ‘वित्तीय क्षेत्रका संस्थाहरू कोषमा जान हिचकिचाइरहेका छन्,’ उनले भने, ‘श्रमिक आफैं कोषमा जान मानेका छैनन्।’

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 08:17:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...