शिक्षा उपसचिवलाई प्रहरीले लियाे १० घण्टा नियन्त्रणमा



उपसचिव ईश्वरीप्रसाद पोखरेल
उपसचिव ईश्वरीप्रसाद पोखरेल

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ।

बिहान ८ः३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर साँझ ५ः३० बजे मुक्त गरेको हो।

‘धर्ना बस्ने तयारीमा माइतीघर मण्डल पुग्दै थिएँ,’ उनले भने, ‘यहाँ धर्ना बस्न पाउनुहुन्न भनेर उठाएर दिनभर प्रहरी कार्यालयमा लगेर राखे।’

उपसचिव पोखरेलले बुधबार साँझै धर्नाबारे मन्त्रालयका अधिकारी र पत्रकारलाई टेलिफोन गरी जानकारी गराएका थिए।

उनले साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेका छन्। दैनिक १० घण्टाका दरले माइतीघरमा धर्ना बस्ने कार्यक्रम थियो।

शान्तिपूर्ण तरिकाले धर्ना बस्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले असन्तुष्टि जनाए। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्ण तरिकाले कर्मचारीको समायोजन गरेको उनको दाबी छ।

घप्रशासनका कर्मचारी मालिक र अन्य सेवाका कर्मचारी दास हुने गरी भएको समायोजन मान्य छैन,’ नले भने, ‘अन्यायपूर्ण समायोजनको विरोधमा दबाब दिन धर्ना कार्यक्रम तय गरेको हुँ।’

शिक्षाका कर्मचारी समायोजनप्रति असन्तुष्ट छन् । पोखरेल अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा समायोजनमा परेका छन्। नीति र मापदण्डबिनै समायोजन गरिएको भन्दै उनले पत्र बुझेका छैनन्।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 08:03:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...