निर्मला हत्या प्रकरणले लियाे नयाँ मोड, आमाले फेरिन् बयान



फाइल तस्बिरः गृहमन्त्री थापालाई ज्ञापनपत्र दिँदै निर्मलाका आमाबुबा
फाइल तस्बिरः गृहमन्त्री थापालाई ज्ञापनपत्र दिँदै निर्मलाका आमाबुबा

निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक-फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ।

प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ।

गत १० साउनमा साथीको घर जान भनी घरबाट निस्केकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो। त्यसयता निर्मलाको बलात्कार तथा हत्या अनुसन्धानमा प्रहरीसमेत एकपछि अर्को गर्दै फस्दै आएको छ।

प्रहरीले हत्याको अनुसन्धानमा दोषी भन्दै नियन्त्रणमा लिइएका कसैको पनि डीएनए मेल नखाएपछि अनुसन्धानमा प्रहरीले हैरानी खेप्दै आएको थियो भने प्रहरीमाथि नै निर्दोषलाई दोषी देखाउन सक्रिय भएको आरोप लाग्दै आएको थियो।

प्रमाण अभावमा प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

तर, अहिले एकाएक निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले सुरुमै हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका दिलिपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी भने फेरि अलमलमा परेको छ। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै पहिलेको बयानलाई फेरेकी थिइन्।

उनले दिलिपसिंहले प्रहरीलाई दिएको बयानको भिडियो आफूले हेरेपछि आफ्नो घरका सबै कुरा उसलाई थाहा भएको, छोरीको साइकलबारे समेत उसलाई थाहा भएकाले र उसको अवस्थाका कारण पनि ऊ निर्दोष हो भन्न नसकिने अवस्था रहेकाले उनीमाथि नै अनुसन्धान गरिनुपर्ने बयान दिएकी छन्।

दुर्गादेवीले आफ्नो पछिल्लो बयानबारे भनिन्, ‘म कानुन जान्दिनँ, मानव अधिकारकर्मीहरूले पहिले मेरो सही गरेर के-के लेखेर उजुरी दिए, मलाई थाहा भएन। तर, मैले अहिले दिलिपसिंहले प्रहरीमा दिएको बयानको भिडियो हेरें। उसलाई मेरो घर र छोरीको साइकलको सबै अवस्था कसरी थाहा भयो त? ऊ निर्दोष हो भनेर कसरी भन्ने? डीएनए नमिल्दैमा निर्दोष हुन्छ? ऊमाथि फेरि अनुसन्धान गर्नुपर्छ। मैले अदालतमा त्यही भनेकी छु।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानको दायरामा आएर तारेखमा छुटेकाहरू कोही पनि अनुसन्धानको दायराबाट बाहिर नरहने जनाए।

‘निर्मला हत्याका विषयमा तारेखमा छुटेकाहरू अहिले पनि अनुसन्धानकै दायरामा छन्, तारेखमा छुट्दैमा कोही पनि अनुसन्धानबाट बाहिर पुगेका हुँदैनन्। फेरि पनि उनीहरूमाथि प्रहरीले आवश्यक सोधपुछ गर्न सक्छ,’ प्रहरी प्रवक्ता सुवेदीले भने।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 06:41:32
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...