वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद



सम्बन्ध विच्छेद सांकेतिक तस्बिर
सम्बन्ध विच्छेद सांकेतिक तस्बिर

रसुवाकी टासी तामाङ (नाम परिवर्तन) ले परिवारको आर्थिक स्तर माथि उठ्ने आसामा आफ्नी श्रीमतीलाई विदेश पठाए।

उनी गाउँमै ज्याला मजदुरी गर्न थाले। तीन वर्षपछि उनकी श्रीमती विदेशबाट घर फर्किन्।

श्रीमान्को रोजगारी नभएपछि उनले आफूसँग स्तर नमिल्ने भन्दै सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत (रसुवा) मा मुद्दा दर्ता गरिन्। अदालतमा रहेको मेलमिलाप केन्द्रमार्फत उनीहरूलाई मिलाउन पटकपटक छलफल गरियो। तर उनको श्रीमतीले मिल्न नसक्ने बताएपछि अन्ततः सम्बन्ध विच्छेद भयो।

रसुवाकै ग्याल्जेन तामाङ (नाम परिवर्तन) रोजगारीको सिलसिलामा विदेश गए। विदेश गए पनि श्रीमतीसँग नियमित कुराकानी भइरहेको थियो।

तर जब तामाङ घर फर्किए तब उनीहरूबीच खटपट सुरु हुन थाल्यो। श्रीमतीले आफूलाई ध्यान नदिएको महसुस ग्याल्जेनलाई हुन थाल्यो। उनले श्रीमतिको अर्कै केटा भएको शंका गर्न थाले। यही निहुँमा दैनिक झगडा हुन थालेपछि उनीहरूले सम्बन्ध विच्छेद गरे।

अदालतमा सम्बन्ध विच्छेद गर्न आउने धेरैजसो वैदेशिक रोजगारमा गएका तथा फर्किएका परिवारका छन्। यो खबर आजको नागरिक दैनिकमा रसुवाबाट हिमनाथ देवकोटाले लेखेका छन्।

मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोग बडेकै कारण छुटिने पनि उत्तिकै छन्। चालु आर्थिक वर्षको भदौदेखि माघ मसान्तसम्ममा जिल्ला अदालत (रसुवा) मा २० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

महिलाले १३ वटा र पुरुषले सातवटा मुद्दा दर्ता गराएका छन्। अदालतमा पर्ने मुद्दामध्ये करिब ३० प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेको अदालतका स्रेस्तेदार राजेन्द्र लुइँटेलले जानकारी दिए।

‘सम्बन्ध विच्छेद गर्न आउने बढेका छन्,’ उनले भने, ‘हामीले मेलमिलाप केन्द्रबाट मिलाउने प्रयास गरेका छौं।’ मेलमिलाप केन्द्रमा दर्ता भएका १३ मुद्दामध्ये दुईवटाको सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गराइएको छ। एउटा मिलापत्र हुन नसकेर फिर्ता भएको छ भने १० वटा छलफलको चरणमा छ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 08:25:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...