जो नाच्छ ऊ धेरै बाँच्छ ! यी हुन् नाच्नुका फाइदा



सामान्यतया नृत्य मनोरञ्जनका लागि गरिने एक कला हो। पौराणिककालमा पनि देवी–देवताले नृत्य गर्ने गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

नृत्यले आधुनिक युगमा अझ व्यापकता हासिल गरेको छ । नृत्यलाई विषय नै बनाएर पढाउने गरिएको छ। आजभोलि स्कुल, कलेजसँगै राजनीतिक र सामाजिक कार्यक्रममा समेत नृत्य अनिवार्यजस्तै भइसकेको छ। त्यसैले त, विशेषगरी सहरी क्षेत्रमा नृत्य सिकाउने ठाउँ प्रशस्तै पाइन्छन्।

नृत्यका विभिन्न किसिम हुन्छन् । जसमा, जुम्बा, एरोबिक, चर्या (नेपाली शास्त्रीय), कथ्थक, भरत नाट्यम (भारतीय शास्त्रीय) आदि । खाली कला र मनोरञ्नका लागि नभएर नाच्नु स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी मानिन्छ।

यसले शारीरिक फिटनेसका साथै मानसिक रूपमा स्वस्थ रहनसमेत मद्दत पु(याउँछ । त्यसो त स्वस्थजीवनका लागि नृत्यको उपयोगिताबारे उखान नै छ, ‘जो नाच्छ, ऊ धेरै बाँच्छ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नृत्य गर्दाका फाइदा
दैनिक करिब १ घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ । नाच्दा सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ।

बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ । किनकि, यो समयमा पूर्ण व्यायाम हुन्छ । नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ । साथै, रक्तसञ्चार राम्ररी भई शरीरको समग्र वृद्धि–विकासमा समेत मद्दत पुग्छ।

मुड फ्रेस
नृत्यले शरीरमा सकारात्मक ऊर्जा पैदा गर्छ । एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सकिन्छ । विशेषगरी, संगीतअनुसार नृत्य गर्दा मन शान्त रहने र मस्तिष्कलाई क्रियाशील बनाउने विज्ञहरूको तर्क छ।

तनाव व्यवस्थापन
नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ । खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ । साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पु¥याउनुका साथै शरीरमा स्फूर्तिसमेत महसुस गराउँछ।

आत्मविश्वास
नाच्दा आत्मविश्वास बढ्छ । शरीरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत दूर हुन्छ।

आजभोलि प्रत्येक मानिसले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गरेको पाइन्छ । यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन्।

बालबालिकालाई ग्याजेट चलाउन कम गराउन, पढाइको बोझ कम गर्न र फ्री महसुस गराउन नृत्य सिकाउन आवश्यक छ । यसले बालबालिकाको स्मरणशक्तिसमेत बढाउँछ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 08:04:51
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...