विद्यालय शिक्षकको मापदण्ड तोकियो, पाँचवर्षभित्र योग्यता पुर्याउनै पर्ने



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ।

सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

प्रस्तावमा वालविकास केन्द्र (इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ।

महासंघका अध्यक्ष वावुराम थापाले भने, ‘मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्थागर्न लागेको भए हामी मान्दैनौ।’
उनले पाँच वर्ष भित्र योग्यता पु¥याउने विषय हटाउनुपर्ने बताए।

मस्यौदामा ऐन प्रारम्भ हुँदा बखत तत्काल प्रचलित कानुन बमोजिम योग्यता पुरा गरी नियुक्ति भएका प्राथमिक तह, निम्न माध्यमिक वा विशेष शिक्षा प्रदान गर्ने शिक्षकले ऐन प्रारम्भ भएको पाँच वर्षभित्र योग्यता पुरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरी अर्थ र कानून मन्त्रालयमा पेश गरेको ऐनको मस्यौदामा शिक्षकको रुपमा कार्यसम्पादन गर्दा तोकिए बमोजिम आधारभुत र सेवा प्रवेश र त्यसपछि समय–समयमा आवधिक तालिम लिनुपर्नेउल्लेख गरिएको छ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 07:44:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...