जिउ छोएको भन्दै डोम आमाछोरी माथि कुटपिट, टेम्पोमा पनि छुवाछूत !



दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ।

छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन्।

प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्।

३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन्।

३ फागुनमै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले बताए। प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो।

कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ । घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए।

‘लहान ल्याएर उपचार गराएँ,’ उनले भने, ‘सात हजार पाँच सय रुपैयाँ खर्च भयो । फेरि केही गर्लान् कि भन्ने त्रासमा छौँ।’ अमिरका बहिनीको विवाहका लागि उदयपुर करैयाबाट माइती आएकी थिइन्।

 ‘घरमा बसिरहेका आमाछोरीलाई उनीहरूले सानो जातको भएर ठूलो कुरा गर्ने भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गरेछन्,’ दुःखीले भने, ‘म काम गर्न लहान आएको थिएँ । घटना थाहा पाएपछि घरमा पुग्दा कुट्नेहरु हिँडिसकेका रहेछन्।’

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले आफूकहाँ छुवाछुतको सम्बन्धमा उजुरी नपरेको बताए । कुटपिटको मात्र निवेदन दर्ता भएको उनको भनाई छ । ‘त्यसकै आधारमा छलफल बोलाएको हो । जिउ छोएका कारण कुटपिट भएको हो भने निवेदन पनि त्यही रूपले आउनुपथ्र्यो,’ उनले भने।

टेम्पो चढ्दा पनि छुवाछुत
ललिताका ससुरा ६१ वर्षीय चलतर मरिकले छुवाछुतका कारण लहान ओहोरदोहोर गर्ने टेम्पो चढ्न पनि आफूहरूलाई समस्या रहेको गुनासो गरे।

 ‘टेम्पोमा हामी चढेपछि अरू गाउँले चढ्दैनन्,’ उनले भने, ‘डोम चढेको टेम्पो चढ्दैनौँ भन्दै उत्रिन्छन् या यिनलाई उतारे मात्र जान्छौँ भन्दै टेम्पोचालकलाई धम्क्याउँछन् ।’ अमही गाउँ लहानबाट करिब चार किलोमिटर दूरीमा छ । यहाँ तीनवटा टेम्पो चल्ने गर्छ।

 ‘चालक केही भन्दैनन्, तर गाउँलेले तल्लो जातको भनेर हेला गर्छन्,’ चलतरले भने । सिरहामा डोम जातिको जनसंख्या करिब २ हजार २ सय रहेको समाजले जनाएको छ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 06:50:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...