ठूला दल सुस्त, साना सक्रिय !



ठूला दल राजनीतिक एजेन्डामा सुस्त देखिए पनि साना दल सक्रिय भएका छन्।

सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट र ३ प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय मान्यताप्राप्त दल मानिन्छ। गत चुनावका आधारमा ४ दल (नेकपा, कांग्रेस, संघीय फोरम र राजपा) ले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

चुनावी मोर्चामा कमजोर बनेपछि साना दल निरन्तर राष्ट्रिय अभियानमा जोडिन थालेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नयाँ शक्ति, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत साना दल पार्टी अभियान बोकेर गाउँ छिरेका छन्। मंगलबारबाट राप्रपा र क्रान्तिकारी माओवादी गाउँ पसेका छन्।

राष्ट्रिय जनता पार्टीले फागुन १० देखि १३ सम्म जनकपुरमा प्रदेश २ का प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक बोलाएको छ।

लगत्तै उसले फागुन १४ गते विराटनगर, १६ गते भैरहवा, १७ गते नेपालगन्जमा जिल्ला अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरूको बैठक बोलाएको छ। २२ देखि २५ सम्म मधेसी, आदिवासी जनजाति बुद्धिजीवीसँगको अन्तक्र्रिया आयोजना गर्न लागिएको संयोजक महेन्द्रराय यादवले बताए।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले पनि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा अभियान सञ्चालन गरेको छ।

डा.भट्टराईसहित हेडक्वार्टर सदस्यको अगुवाइमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेसागत संगठनका नेतासहित नयाँ शक्तिले माघ १५ देखि फागुन १५ सम्म अभियान घोषणा गरेको हो।

कमल थापा नेतृत्वको राप्रपाले पनि फागुन १५ देखि ३० गतेसम्म ताप्लेजुङदेखि कञ्चनपुर हुँदै काठमाडौंसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्न लागेको छ । अभियानबारे मंगलबार मात्रै अध्यक्ष थापासहितको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि मंगलबारबाट राष्ट्रव्यापी अभियान घोषणा गरेको छ। देशका मुख्य चार सहरबाट अभियानको मंगलबार उद्घाटन गरिएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दिनेश शर्माले बताए।

 ७ देखि २१ फागुनसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि भन्दै वैद्य माओवादीले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो।

राष्ट्रिय जनमोचा, नेमकिपालगायत दल पनि पार्टी आन्तरिक काममा छन्।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 06:36:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...