पानीकाे मुहान सुकेपछि बसाइँ सराइले सुनसान गाउँ



गाउँमा पानी समस्याले भएभरका खेतबारी त्यसै छोडेर तराई झरेपछि खाली बनेको तेह्रथुमको छथर गाउँपालिका ओख्रे बाँसपानीका घर।
गाउँमा पानी समस्याले भएभरका खेतबारी त्यसै छोडेर तराई झरेपछि खाली बनेको तेह्रथुमको छथर गाउँपालिका ओख्रे बाँसपानीका घर।

पिउने पानीका मुहान सुकेपछि तेह्रथुमको छथर गाउँपालिका बाँसपानीका २५ भन्दा बढी परिवार एकै पटक पूर्वी तराईमा बसाइँ सरे।

गाउँभरि पानीका मुहान सुकेपछि उनीहरू आफ्नो थातथलो छाड्न बाध्य भएका हुन्।

जिल्लाकै सुक्खाग्रस्त यो गाउँका मुहान सुकेर पिउने पानी हाहाकार भएपछि पानी खोज्दै गाउँले तराई झरेको स्थानीय टीकाराम बस्नेतले बताए।

‘पानी नै खान नपाएपछि को बस्छ गाउँमा?’ उनले भने, ‘अब गाउँमा रहेका पनि पानी खोज्दै तराई झर्ने तयारीमा छन्।’

बितेको पाँच वर्ष अघिसम्म गाउँका खोल्साखोल्सीमा प्रशस्तै पानी पाइन्थ्यो। अहिले सबै मुहान सुकेर गाउँ उजाड बनेको उनले सुनाए।

एक दशकदेखि सुक्न थालेका ती मुहान यो वर्षदेखि ठप्पै भयो। यो खबर आजको कान्तिपुर दैनिकमा चन्द्र कार्कीले लेखेका छन्।

गाउँमा पिउने पानी नै नभएपछि हरिमाया न्यौपाने, खडगबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुण्य न्यौपानेको परिवार गाउँ छोडेर पूर्वी तराई बसाइँ सरेको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रअ केदार बस्नेतले बताए।

‘अरू दुई दर्जन परिवार पनि गाउँ छाडने तर्खरमा छन्,’ उनी भन्छन्, ‘पाँच वर्षको अवधिमा गाउँ नै खाली भयो।’

अन्यत्रबाट पानी ल्याउने स्रोत पनि नभएको र भएका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार सुकेपछि समस्या परेको हो।

सात वर्ष अघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले संख्या घटेर आधाआधी भएको प्रअ बस्नेतले बताए।

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 09:38:26
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...