सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स, यस्ताे छ खेल



छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ।

राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो।

कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गाधनी पुर्जा दिने मालपोत कार्यालय र नक्सा पास गर्ने काठमाडौं महानगरपालिकाका तत्कालीन कर्मचारीसमेतको संलग्नता देखिएको छ।

कमलपोखरीको जग्गामा मोही कायम गराउन अदालतसम्म पुगेर मिलापत्र गराइएको पाइएको छ। यो खबर आजको नागरिक दैनिकमा दीपेश केसीले लेखेका हुन्। 

मिलापत्र हुँदा जसलाई हानिनोक्सानी पर्छ ऊ स्वयं हानि पुग्ने कार्यमा संलग्न हुनुले सत्ता र शक्तिको दुरुपयोग भएको देखिएको छ।

२०३३ सालताका गुठी संस्थानका अध्यक्ष बद्रीविक्रम थापा मिलापत्रमा संलग्न थिए।

आफूलाई हानिनोक्सानी पुग्ने कार्यमा गुठी संस्थानका तत्कालीन अध्यक्षसमेत संलग्न हुनु गम्भीर विषय हो।

गुठी संस्थानका कानुनी अधिकृत जनक पोखरेल भन्छन्, ‘आफूलाई असर पर्ने विषयमा मिलापत्र गर्न पाइन्न।’

यही मिलापत्रकै आधारमा कमलपोखरीको जगगामा केयूरशमशेर राणालाई मोही कायम गरी पछि अम्बिका राणाको नाममा लालपुर्जा बनेको थियो।

कानुनका छिद्रको दुरुपयोग गरेर केयूर उक्त जग्गाको मोही बनेका थिए। मिलापत्रमा लेखिएको छ, ‘पोखरीको डिल कायम राखी मोही भई कमाई भोगचलन गरी खान पाउने गरी सर्वोच्च अदालतमा मिलापत्र गरियो।’

२०२७ सालमा यो जग्गा विवाद अदालतमा पुगेपछि २०३३ पुस ३ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको डिभिजन बेन्चबाट मिलापत्र गराइएको तथ्य छ।

मिलापत्र गर्दा गुठीयारहरु, केयूर, गुठी संस्थानका तर्फबाट तत्कालीन अध्यक्ष थापाको मञ्जुरीनामाले रामप्रसाद सत्यालको हस्ताक्षर छ।

विगतमा धेरै विवादास्पद क्रियाकलाप भएको तथ्य उजगार हुँदै जाँदा कमलपोखरी जग्गा विवाद फेरि ब्युँतिएर नयाँ मोडमा पुगेको हो।

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 08:14:41
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...