अहिले यस्ता भए फोहोरको डंगुरमा भेटिएका ‘भविष्य’


Kshamadevi Group


‘भविष्य’सँग संस्थाकी अध्यक्ष नेहा पोखरेल।
‘भविष्य’सँग संस्थाकी अध्यक्ष नेहा पोखरेल।

करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए।

छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो।

डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन्।

मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो। त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो- भविष्य।

अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्। तर, फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि भविष्यकी आमाको जिम्मेवारी सम्हालेकी छन्, पोखरेलले।

बालकको रेखदेख एवं पालनपोषण गरिरहेकी उनी कहिलेकाहीँ राति सुत्न पनि पाउँदिनन्। ‘यसले चिसोभरि सुत्नै दिएन, काखे बानी परेको छ’, उनले भनिन्, ‘बिहान ५ बजे मात्रै एकछिन सुत्छु।’

सुरुमा कालो वर्णका भविष्य सुन्दर भएका छन्। उनलाई श्रीपञ्चमीको अवसरमा पोखरेलले अन्नप्रासन गराइन्।

‘थाहै नपाई पाँच जना बच्चा हुर्काइछु, आफैंलाई पत्यार लाग्दैन’, उनले भनिन्। यतिबेला उनका सात जना छोराछोरी छन्।

केही बच्चा सडकमा भेटिएका र केही मानसिक सन्तुलन गुमाएका महिलाबाट जन्मिएका हुन्। दुई जना भने संस्थामै जन्मिएका हुन्।

बच्चाहरूकी आमा बनेकी पोखरेल ‘आमाहरूकी पनि आमा’ हुन्। मानसिक सन्तुलन बिग्रिएका २९ जना महिलाकी पनि उनी आमा हुन्। हुन त ती महिला पोखरेलकै आमासरहको उमेरका छन्।

तर, उनीहरू पोखरेललाई ‘आमा’ भनी सम्बोधन गर्छन्। आमाहरूकी पनि आमा बन्न पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन्।

संस्थाले मानसिक अवस्था ठीक नभएका १२ पुरुषलाई पनि सहारा दिएको छ। उनीहरू बडिखेलमा बस्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा नितु घलेले लेखेकी हुन्।

मानसिक अवस्था ठीक नभएकाले प्रत्येक दिन केही न केही समस्या दिन्छन्।

महिला र पुरुष एकै ठाउँमा राख्न सक्ने अवस्था नभएपछि १२ जना पुरुषलाई बडीखेलको एक होस्टलमा राखिएको छ। उनीहरूको रेखदेख र खानपिन गराउने जिम्मा संस्थाले लिएको छ।

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 07:07:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...