Exclusive

फेरि काठमाडौं नै फर्किन्छ नुवाकोटको सिसडोलमा फालिएका फोहोर



नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ।

प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको छ।

नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन्।

पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए।

स्रोतमै कुहिने र नकुहिने फोहोर राम्रोसँग नछुट्याइँदा पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोर नुवाकोट पुगेर फेरि काठमाडौं भित्रिने गरेको उनले बताए। आजको नेपाल समाचारपत्र दैनिकमा टीका बन्धनले यो खबर लेखेका हुन्।

‘६० प्रतिशत मात्रै कुहिने फोहोर सिसडोल पुग्छ, स्रोतमै ठोस फोहोर व्यवस्थित गर्न नसक्दा सिसडोल ल्यान्डफिल्ड साइड अस्तव्यस्त भएको छ,’ श्रेष्ठले भने।

दैनिक करिब २ सय व्यक्ति यस्तो फोहोर संकलन गरी आयस्रोत जुटाउने गरेकाे उनले बताए। 

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 08:46:34
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।