बीपी राजमार्गको रिठ्ठेभीरमा किन राखियाे यसरी ऐनैऐना?


Kshamadevi Group


बीपी राजमार्गको रिठ्ठेभीरमा राखिएका ऐना।
बीपी राजमार्गको रिठ्ठेभीरमा राखिएका ऐना।

पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्।

नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

धुलिखेलबाट सुरु भई भकुन्डेबेंसी, मंगलटार, नेपालथोक हुँदै जाने बीपी राजमार्ग सिन्धुलीको दुम्जा कटेपछि खुर्कोट नआइपुग्दासम्म सुनकोसीको तीरैतीर अगाडि बढ्छ।

राजमार्गका अनेकन् मोड छिचोलेर गन्तव्यमा पुग्न हतारिँदै कुदिरहेका गाडीहरू जब सिन्धुलीको रिट्ठेभीरमा पुग्छन्, तब ऐनैऐनाले भरिएको भित्तामा नजर ठोक्किँदा जोकोहीको मनमा जिज्ञासा जन्मन्छ।

त्यहाँ ऐनाहरूबीच अवस्थित सेतीदेवी माईको दर्शन गर्न सकिन्छ। त्यहाँ सेतीदेवी स्थापना गरिनु र ऐनैऐना राखिनुको खास कारण दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको आकांक्षासँग जोडिएको स्थानीय बताउँछन्। आजको नागरिक दैनिकमा वेद राना मगरले यो खबर लेखेका हुन्।

चार खण्डमा विभाजित एक सय ६० किलोमिटर लामो बीपी राजमार्ग २० वर्ष लगाएर निर्माण गरिएको हो।

तीन चरणमा सिन्धुलीमाडी-बर्दिबास (३७ किमि), धुलिखेल-नेपालथोक (५० किमि) र सिन्धुलीमाडी-खुर्कोट (३६ किमि) खण्ड निर्माण पूरा हुँदा चौथो खण्ड नेपालथोक-खुर्कोट (३७ किमि) भने निर्माणाधीन अवस्थामै थियो।

सिन्धुली सुनकोसी गाउँपालिका-५ मूलकोटको रिट्ठेभीर त्यही खण्डमा पर्छ।

२०७२ सालमा जापानले नेपाललाई सडक हस्तान्तरण गर्नुभन्दा पाँच/छ वर्षअगाडि नै त्यस खण्डमा सवारीसाधन चल्न थाले।

त्यतिबेला रिट्ठेभीरमा ट्र्याकमात्र खोलिएको थियो। जोखिम मोलेर सवारीसाधन चलाइएकाले दुर्घटनामा परिने त्रासले यात्रु पिरोलिन्थे।

त्यतिबेला अप्ठ्यारो बाटो भएकाले दुर्घटनाको अनुमान गरिनु अस्वाभाविक थिएन। नभन्दै अनुमान यथार्थमा बदलियो। २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गयो। कहिल्यै दुर्घटना नदेखेका स्थानीय खुब डराए।

सोही दुर्घटनाको पाँच महिनापछि असोज २६ गते सोही ठाउँका त्यस्तै खालको दुर्घटना दोहोरियो। सिन्धुलीबाट राजधानीतर्फ आइरहेको यात्रुबस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए।

सेतीदेवीको स्थापनामा अगुवाइ गरेका र हाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका स्थानीय मनोज श्रेष्ठका अनुसार पहिलाको दुर्घटनाले आतंकित स्थानीय अर्को कहालीलाग्दो दुर्घटनापछि झनै भयभीत भए।

‘केटाकेटीमात्र होइन, तन्नेरी र वृद्धवृद्धासमेत तर्सिने, कहालिने, निद्रामा बर्बराउन गर्न थाले,’ उनले भने, ‘मूलकोटवासीको मनमा पैदा भएको डर भगाउन सप्ताह पुराण लगाउने सल्लाह भयो।’

पछिल्लो दुर्घटनामा निधन भएका ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह लगाइएको थियो। अघिल्लो र पछिल्लो घटनामा मृत्यु हुनेका परिवारजन तथा मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा घटेको एउटा अनौठो घटना नै सेतीदेवी स्थापनाको कारण रहेको जनाइएको छ।

बसमा सिन्धुलीतर्फ जाँदै गरेकी २८/३० वर्षीया एक महिलाले हाल ऐनैऐना भएको ठाउँमा जबर्जस्ती बस रोक्न लगाएको र ओर्लिएर ‘म सेतीदेवी हुँ’ भन्दै काम्न थालेको बसचालक र सहचालकको भनाइ उद्धृत गर्दै श्रेष्ठ सुनाउँछन्।

‘सप्ताहस्थलमा ल्याइएकी ती महिलाले काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन्,’ उनी भन्छन्, ‘ती महिलाले रिट्ठेभीरतिर मलाई जान लगाएर सप्ताहस्थलमा रहेका सबैसामु मोबाइल फोनबाट निर्देशन दिँदै गइन्, हाल सेतीदेवी रहेको स्थानमा पुग्दा आफ्नो बासस्थान त्यही भएको बताउँदै सम्झन लगाइन्।’

त्यसपछि सुनकोसीमा आएर एउटा ढुंगा टिप्न लगाएर ती महिला काम्न छाडेको उनी सुनाउँछन्। आफूलाई सेतीदेवी बताउने महिलाले आफ्नो बासस्थान भन्दै देखाएको ठाउँ सडकछेउ भित्ता परेकाले हाज्मा कम्पनीलाई खोपी बनाउन लगाई २०६८ सालमा सुनकोसीमा टिपिएको ढुंगालाई सेतीदेवी माईका रूपमा प्रतिस्थापन गरिएको श्रेष्ठको भनाइ छ।

धामीझाँक्रीमा विश्वास नराख्ने आफूलाई त्यस घटनाले अचम्मित तुल्याएको उनी बताउँछन्। अझ जापानीहरूले समेत बोका बलि दिएको घटना झनै आश्चर्यलाग्दो छ।

रिट्ठेभीरमा देवी स्थापनापछि रिट्ठेभीरको बाटो खन्दै गरेका एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुन थाले। सडक निर्माणमा जुटेको हाज्मा कम्पनीका जापानी प्राविधिकको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको श्रेष्ठको भनाइ छ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 08:38:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...